इतिहासको पानामा 12 मार्चः अंग्रेजहरूको नीति विरूद्ध अहिंसक प्रतिरोधको एतिहासिक यात्रा
इतिहासको पानामा 12 मार्चः अंग्रेजहरूको नीति विरूद्ध अहिंसक प्रतिरोधको एतिहासिक यात्रा


नयाँ दिल्ली, 11 मार्च (हि.स.)। दाण्डी यात्रा वा नून सत्याग्रह, महात्मा गान्धीको नेतृत्वमा औपनिवेशिक भारतमा ब्रिटिश नून एकाधिकार विरूद्ध प्रतिरोध र अहिंसक विरोधको अभियान थियो। महात्मा गान्धीले आफ्न साबरमती आश्रमबाट दाण्डीको निम्ति 12 मार्च 1930 मा यो अभियान शुरू गरे। 240 मील (390 किमी) लामो यस यात्राको शुरूआत उनले 78 सत्याग्रहीहरूको साथ गरेका थिए तर दाण्डी पुग्दा-पुग्दा भारी संख्यामा यसमा सत्याग्रही सामेल भए। लगभग 25 दिनपछि 06 अप्रेल 1930 मा बिहान 8.30 बजी दाण्डी पुगेर उनले समुद्रतटमा नून बनाएर कानून तोड़े। दाण्डी मार्चपछि आउने महिनामा 80,000 भारतीयलाई पक्राउ गरियो।

वस्तुतः ब्रिटिश राजमा चिया, लुगा र नून जस्ता आवश्यक चीजहरूमाथि सरकारको एकाधिकार थियो। भारतीयहरूलाई नून बनाउने अधिकार थिएन, उनीहरूलाई इङ्गल्याण्डबाट आउने नूनको निम्ति धेरै गुणा पैसा दिनुपर्थ्यो। यस विरूद्ध जनजागरण र प्रतिरोधको रूपमा महात्मा गान्धीको दाण्डी यात्राको इतिहासमा खासै महत्व छ।

अन्य अहम घटनाहरूः

1992 - मारिशस गणराज्य घोषित।

1993 – मुम्बईमा धेरै बम धमाका भयो र त्यसमा 300 जना मारिए र सैकड़ौं घाइते भए।

1998 - प्रथम टर्बोनेट इन्जिन निर्माता हेन्स जोशिम पाबस्ट वान ओहेनको निधन।

2003 - सर्बियाका प्रधानमन्त्री जोरान जिनजिबको बेलग्रेडमा हत्या।

2004 - दक्षिण कोरियाई संसदमा महाभियोग पारित भएपछि राष्ट्रपति रोह मू हुन पदबाट निलम्बित

-लाहौरमा 10औं दक्षेस लेखक सम्मेलन प्रारम्भ।

2006 – ईराकमा सद्दाम हुसैन विरुद्ध मुकदमाको सुनवाई शुरू।

2007 – जमैकामा 9औं विश्वकप क्रिकेटको उद्घाटन भयो।

2008 -पुदुचेरीका उपराज्यपाल मुकुट मिथीले आफ्नो पदबाट राजीनामा दिए।

-केन्द्रिय मन्त्रिमण्डलले नागाल्याण्डमा राष्ट्रपति शासन हटाउने निर्णय लियो।

-अमेरिकी वायुसेनाले विश्वको पहिलो स्टील्थ लड़ाकू विमान एफ़-117 लाई आफ्नो बेड़ाबाट हटायो।

-विश्वको सबैभन्दा लामो आयुको मानिने महिला वारवा सेमेनिकोवाको रूसमा 117 वर्षको आयुमा निधन।

2009 – वायुसेनामा आपरेशन्स निदेशालयका प्रथम महानिदेशकको रूपमा एयर मार्शल डीसी कुमारियाले कार्यभार सम्हाले।

2018 - नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानक्षेत्रमा यूएस-बांग्ला एयरलाइन्सको विमान दुर्घटनाग्रस्त, कम्तीमा 51 जनाको मृत्यु।

जन्म

1911 - दयानन्द बांदोदकर - गोवाका भूतपूर्व प्रथम मुख्यमन्त्री थिए।

1913 - यशवन्तराव चव्हाण- भारतीय राजनीतिज्ञ एवं पूर्व केन्द्रिय मन्त्री।

1950 -हरमोहिन्दर सिंह बेदी - हिन्दी लेखक, एक शिक्षाविद र भारतीय राज्य पञ्जाबका अकादमिक प्रशासक।

1962 - एस. दामोदरन- तमिलनाडूका प्रसिद्ध समाजिक कार्यकर्ता

1984 - श्रेया घोषाल- भारतीय गायिका।

निधन

2012 - बीजे दीवान - आन्ध्र प्रदेशका कार्यवाहक राज्यपाल थिए।

2010 - पीसी वैद्य - भारतका प्रसिद्ध गणितज्ञहरूमध्ये एक थिए।

1960 - क्षितिजमोहन सेन - मध्यकालीन सन्त साहित्यका मर्मज्ञ समीक्षक।

महत्त्वपूर्ण अवसर एवं उत्सव

केन्द्रिय औद्योगिक सुरक्षा बलको स्थापना दिवस

तिब्बती महिला विकास दिवस

डान्डी मार्च दिवस (1930)।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande