अहमदाबाद, 11 मार्च (हि.स.)। अहमदाबादमा छात्रहरूको कमन एन्ट्रेन्स टेस्टको तयारीको निम्ति अभिनव प्रयोग गरिँदैछ। 22 मार्चमा हुने कमन एन्ट्रेन्स टेस्टको तयारीमा कक्षा पाँचका छात्रहरूका लागि यूट्यूब च्यानलको मद्दतले तयारी गराउने योजना गरिएको छ। जिल्ला पञ्चायत शिक्षा समितिले शिक्षा दर्शन परियोजना अन्तर्गत यूट्यूब च्यानलमा भीडियो व्याख्यान प्रसारित गर्नेछ। हरेक दिन विभिन्न विषय विशेषज्ञहरूद्वारा तयार पारिएको एक घण्टाको भीडियो प्रसारित गरिनेछ।
जिल्ला पञ्चायत शिक्षा समितिका अध्यक्ष दिगपाल सिंह चूड़ासमाको मार्गदर्शनमा जिल्लाको प्रत्येक स्कूलमा प्रतिदिन नानीहरूको यस भीडियोको माध्यमले तयारी गराइनेछ। नानीहरूले सामान्य प्रवेश परीक्षाको तयारीको निम्ति विशेषज्ञ विषय शिक्षकहरूको मार्गदर्शन पाउनेछन्। यस पहलले गर्दा जिल्लाका 686 स्कूलका 40,000 छात्रले सामान्य प्रवेश परीक्षाको तयारीमा मद्दत पाउनेछन्।
उल्लेख्य, अहमदाबाद जिल्ला पञ्चायत अऩ्तर्गत पर्ने स्कूलहरूका छात्र प्रतिस्पर्धी छन्। शिक्षा दर्शन परियोजनालाई मिशन परमिता अन्तर्गत कार्यान्वित गरिएको छ, जसबाट छात्रहरूले परीक्षाको तयारी गर्नमा मद्दत पाउनसकुन्। साथै उनीहरूको शैक्षणिक उत्कृष्टतामा पनि वृद्धि हुनसकोस्।
हिन्दुस्थान समाचार / भवानी थामी