समृद्ध संस्कृतिले परिपूर्ण पूर्वोत्तर भारतीय संस्कृतिको अनमोल गहना हो: अमित शाह
समृद्ध संस्कृतिले परिपूर्ण पूर्वोत्तर भारतीय संस्कृतिको अनमोल गहना हो: अमित शाह


नयाॅं दिल्ली, 11 मार्च (हि.स.)। केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहले आज नयाँ दिल्लीमा “अन्तर-राज्य जीवनमा विद्यार्थीको अनुभव (एसईआइएल)” द्वारा आयोजित “पूर्वोत्तर राज्य विद्यार्थी एवं युवा संसद” लाई मुख्य अतिथिका रूपमा सम्बोधित गरे। उक्त जानकारी पीआईबीले आज विज्ञप्तिमा दिएको छ।

केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहले पूर्वोत्तर भारतीय संस्कृतिको अमूल्य गहना रहेको र यो क्षेत्र भारतको संस्कृतिलाई समृद्ध बनाउने विरासतले युक्त रहेको बताए। पूर्वोत्तरमा सम्पूर्ण विश्वलाई पर्यटनको दृष्टिले आकर्षित गर्ने क्षमता रहेको बताउँदै भारतको सबैभन्दा धेरै आइक्यु भएका युवा अनि सबैभन्दा मेहनती जनजाति यसै क्षेत्रमा पाइने उनले बताए। पूर्वोत्तरमा 220 भन्दा धेरै जनजातीय समूह, 160 भन्दा धेरै जनजाति, 200 भन्दा धेरै भाषा-भाषिका, 50 विशिष्ट प्रकारको चाड-पर्व अनि सम्पूर्ण विश्वमा प्रसिद्ध 30 भन्दा धेरै नृत्य शैली रहेको पनि केन्द्रिय मन्त्री शाहले बताए।

यति धेरै विशेषता भए तापनि हाम्रो पूर्वोत्तर विकासमा पछि रहन गएको छ कारण एक समय थियो, जब अलग-अलग प्रकारका मतिभ्रम अनि विवाद उत्पन्न गरी आतङ्कवाद अनि पृथकतावाद खडा गरिएको थियो, शाहले बताए। हिंसा, बन्द, ड्रग्स, अवरोध अनि प्रान्तवादले हाम्रो पूर्वोत्तरलाई टुक्रामा बाँडिदिएको थियो भन्दै यसले पूर्वोत्तरलाई मानसिक रूपले देशसँग मात्र नभएर पूर्वोत्तरकै राज्यहरूबीच पनि एक-अर्कालाई अलग गर्ने काम गरेको उनले बताए। यसको परिणामस्वरूप पूर्वोत्तर विकासको दृष्टिले 40 साल पछि पर्नुका साथै यसमा सबैभन्दा ठूलो बाधक आतङ्कवादी अनि पृथकतावादी समूह बनेको उनले बताए।

आफ्नो पार्टीको सरकार आउँदा जहिले पनि पूर्वोत्तरलाई प्राथमिकता दिने गरेको उल्लेख गर्दै केन्द्रिय मन्त्री शाहले पहिले यति ठूलो अनि पछौटे भूभागका लागि कुनै अलग मन्त्रालय नरहेको तर अटलजीको सरकारले यसको स्थापना गरेको स्पष्ट पारे। प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्र सरकारको हरेक कार्यक्रममा पूर्वोत्तरलाई केन्द्रविन्दु बनाएको उल्लेख गर्दै मोदी सरकारको सबैभन्दा ठूलो उपलब्धि भनेकै पूर्वोत्तर अनि बारतको बाँकी भागबीचको दूरी घटाउनु रहेको उनले बताए। पूर्वोत्तरको हरेक राज्यका राजधानी 2027 सम्म रेल, हवाई मार्ग तता सडक सञ्जालद्वारा जोडिने दाबी गर्दै प्रधानमन्त्री मोदीले कनेक्टिभिटी मात्र नबढाएर पूर्वोत्तरलाई भारतको अन्य भागसँग जोड्नुबाहेक भौतिक दूरीका साथसाथै मनको दूरी पनि मेटाउने काम गरेको केन्द्रिय मन्त्री शाहले बताए। मोदी सरकारले हरेक योजनाको केन्द्रमा पूर्वोत्तरलाई राखेर एकपछि एक गर्दै हरेक उग्रवादी समूहसँग चर्चा गरी तिनीहरूको समस्यालाई सुनेर, बुझेर अनि सम्झौता गरी मूलधारामा ल्याउने काम गरेको पनि उनले दाबी गरे।

पूर्वोत्तरले आज शान्तिको अनुभव गरिरहेको उल्लेख गर्दै वर्ष 2004 देखि 2014 बीच पूर्वोत्तरमा 11 हजार हिंसाका घटना भएको तर 2014 देखि 2024 बीच करिब 70 प्रतिशत कमी आउनका साथै यो सङ्ख्या घटेर 3,428 पुगेको शाहले उल्लेख गेर। सुरक्षा बलको मृत्युमा 70 प्रतिशत अनि नागरिकहरूको मृत्युमा 89 प्रतिशत कमी दर्ता गरिएको अवगत गराउँदै केन्द्रिय मन्त्री शाहले सबै उग्रवादी समूहका साथ मोदी सरकारले सम्झौता गरी करिब 10,500 भन्दा धेरै विद्रोहीले हतियार बिसाउँदै मुख्यधारामा सामेल भएको उल्लेख गरे। विगत दस सालमा विद्रोही समूहहरूका साथ 12 महत्त्वपूर्ण सम्झौता गरिएको जानकारी गराउँदै सरकारले एक भारत श्रेष्ठ भारत अन्तर्गत पूर्वोत्तरका भाषा, भाषिका, संस्कृति, भेषभूषा, परम्परागत नृत्य अनि कलाहरूलाई सम्मानित र संरक्षित गर्नका अतिरिक्त 10 हजारभन्दा धेरै मानिसले हतियार बिसाउँदै सम्पूर्ण पूर्वोत्तरमा शान्तिको वातावरण सिर्जना गरेको केन्द्रिय मन्त्री शाहले दाबी गरे।

कुनै पनि क्षेत्रको विकास शान्तिबिना सम्भव हुनसक्दैन कारण शान्ति नै विकासको पूर्व शर्त हो भन्दै मोदी सरकारले पूर्वोत्तरमा शान्ति स्थापित गर्ने दिशामा काम गरेको उनले बताए। मोदी सरकारले पूर्वोत्तरलाई अन्तरिक्ष प्रौद्योगिकीको माध्यमद्वारा धेरै फाइदा पुऱ्याएको उल्लेख गर्दै पूर्वोत्तर अन्तरिक्ष अनुप्रयोग केन्द्रको (एनईएसएसी) माध्यमद्वारा करिब 110 योजना चलाइरहेको जानकारी शाहले दिए। पूर्वोत्तरमा भल-बाढी प्रबन्धनको निम्ति उपग्रहद्वारा मानचित्रण तथा टोपोग्राफीको अभ्यास गरी आउने दिनहरूमा पूर्वोत्तरमा 300 भन्दा धेरै झील निर्माण गर्न प्रयोग गरिएको र यसबाट क्षेत्रमा स्थायी भल-बाढी प्रबन्धन हुने उनले बताए।

मोदी सरकारको कार्यकालमा विगत 10 वर्षमा पूर्वोत्तरको विकासका लागि कैयौं प्रयास गरिएको र बजेट प्रावधान पनि बढाइएको उनले जानकारी दिए। वर्ष 2014-15 को तुलनामा 2024-25 को बजेटमा 153 प्रतिशतको वृद्धि गर्ने काम नरेन्द्र मोदीको सरकारले गरेको उल्लेख गर्दै उत्तम कनेक्टिभिटीको निम्ति सडकमाथि ₹41 हजार करोड र ग्रामीण सडकहरूमाथि ₹47 हजार करोड खर्च गरिएको केन्द्रिय मन्त्री शाहले जानकारी दिए। एक प्रकार मोदी सरकारले पूर्वोत्तरमा केवल सडकका लागि ₹90 हजार करोड खर्च गरेको उनले बताए। हवाई कनेक्टिभिटी बढाउनका लागि 64 नयाँ मार्ग शुरु गर्नका साथै भाइब्रेन्ट भिलेज कार्यक्रममा ₹4,800 करोड खर्च गर्नका अतिरिक्त रेलवेको विकासका लागि ₹18 हजार करोड प्रदान गरिएको उनले अवगत गराए।

आज भारतको सबैभन्दा ठूलो रेल-कम-रोड ब्रिज ब्रह्मपुत्र नदीमा बनेको उल्लेख गर्दै मोदी सरकारले भूपेन हजारिका सेतु बनाउनका साथमा अरुणाचललाई ग्रीनफिल्ड एयरपोर्ट, रेलवेको 100 प्रतिशत विद्युतिकरण, आसमदेखि भोटाङसम्म रेल लाइन निर्माण गरिरहेको पनि उनले बताए। वर्ष 2027 सम्म पूर्वोत्तरको सबै राज्यका राजधानी ट्रेन, विमान र सडकद्वारा जोडिने उल्लेख गर्दै मोदी सरकारले पूर्वोत्तरको भौतिक दूरीका साथसाथै मनको दूरी पनि घटाउने काम गरेको उनले दाबी गरे। सिक्किममा 100 प्रतिशत जैविक खेतीको लक्ष्य यसै सरकारको कार्यकालमा सिद्ध भएको उल्लेख गर्दै आसममा ₹27 हजार करोडको निवेशका साथ सेमीकण्डक्टर प्लान्ट स्थापित भइरहेको र यसले युवाहरूलाई रोजगारको अवसर प्रदान गर्ने केन्द्रिय मन्त्री शाहले बताए। पूर्वोत्तरमा ₹2.5 लाख करोड बराबरको निवेश आइरहेको उल्लेख गर्दै मोदी सरकारले यी 10 सालमा आधारशिला राख्ने काम भएको बताए। आगामी 10 वर्षमा पूर्वोत्तरका कोही पनि देशको अन्य कुनै भागमा कामको गर्न जानु पर्नेछैन, र यहीं उनीहरूले रोजगार पाउनेछन्, उनले दाबी गरे।

आजादीको अमृत महोत्सवको समय वर्ष 2047 सम्म भारत पूर्णरूपले विकसित राष्ट्र बन्ने तथा सम्पूर्ण विश्वमा हरेक क्षेत्रमा सर्वप्रथम बन्ने सङ्कल्प लिएको उल्लेख गर्दै भारत माता वर्ष 2047 मा आफ्नो सम्पूर्ण तेज अनि ओजका साथ विश्वका सामु खडा हुने उनले दाबी गरे। हरेक क्षेत्रमा भारत विश्वमा अग्रणी होस्, महर्षि अरबिन्दो अनि स्वामी विवेकानन्दजीको सपना अब साकार भइरहेको देखिँदैछ, शाहले भने। यस प्रक्रियामा युवाहरूलाई जोड्नका लागि वर्तमान सरकारले कैयौं प्रयास गरेको उल्लेख गर्दै मोदीजीले सबैभन्दा पहिले शिक्षा नीति ल्याएको र त्यसमा आफ्नो भाषाहरूलाई सजाएर राख्न आग्रह गर्दै मातृभाषालाई महत्त्व दिएको उनले बताए। नयाँ शिक्षा नीतिको माध्यमद्वारा हाम्रो शिक्षा लोकल अनि ग्लोबल बन्दै युवाहरूका लागि अनेकौं मौका सिर्जना गर्ने उनले बताए।

पूर्वोत्तर प्रधानमन्त्री नरेन्द्र मोदी अनि भारत सरकारको हृदयको धेरै नै नजिक रहेको उल्लेख गर्दै बजेट आबन्टन मात्र नभएर पूर्वोत्तरको विकास, एकता अनि शान्तिका लागि प्रधानमन्त्री मोदीको नेतृत्त्वमा भारत सरकार पूर्णरूपले कटिबद्ध रहेको पनि केन्द्रिय गृह एवं सहकारिता मन्त्री शाहले दाबी गरे।

छात्र संसद अति नै उत्कृष्ट आयोजन हो तर यसलाई यतिमै समाप्त नगरेर अरू सङ्गठन अनि विद्यार्थी परिषदबीच सेतु बनाउनका लागि यस्तो व्यवस्था बनाउनुपर्नेछ, जसद्वारा सम्पूर्ण युवा सङ्गठन देशको तागतको एक अंश बन्नपुगोस्, शाहले बताए। विद्यार्थी परिषदले युवाहरूलाई सही दिशा देखाउनका साथसाथै उनीरूको चरित्र निर्माण पनि गर्ने उल्लेख गर्दै विश्वको सबैभन्दा ठूलो विद्यार्थी सङ्गठनले हरेक प्रकल्पमा, चाहे आपदामा सहयोग होस् वा राष्ट्रिय सङ्कटमा मद्दत, सधैं राष्ट्रलाई सर्वोपरि राखेको उनले बताए।

अन्तर राज्य जीवनमा विद्यार्थीको अनुभव (एसईआइएल)-ले पूर्वोत्तरलाई सम्पूर्ण देशका साथ भावनात्मक रूपमा जोडेको उल्लेख गर्दै आज देशमा 4 हजारभन्दा धेरै यस्ता परिवारका साथ पूर्वोत्तरका बालकहरू धेरै दिनसम्म बसोबासो गर्नका साथै एसईआइएलका साथ पत्राचार गरिरहेको उनले बताए। योभन्दा ठूलो तागत अरू हुन नसक्ने उल्लेख गर्दै विद्यार्थी परिषदले सङ्गठनात्मक समर्पणको निर्मिति सम्पूर्ण सङ्गठनमा गरेको हुँदा नै एसईआइएल जस्तो कार्यक्रम यतिका वर्षदेखि चलिरहेको पनि उनले उल्लेख गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande