रायपुर, 11 मार्च (हि.स.)। रक्सी घोटाला मामिलामा प्रवर्तन निदेशालय (ईडी) ले पूर्व मुख्यमन्त्री भूपेश बघेलका छोरा चैतन्यलाई नोटिस पठाएर बोलाएको छ। ईडीले चैतन्य बघेललाई 15 मार्चमा आफ्नो अफिसमा बोलाएको छ। ईडीका अधिकारीले चैतन्य बघेलसित सोधपुछ गर्नेछन्।
वस्तुतः सोमवार ईडीले पूर्व मुख्यमन्त्री भूपेश बघेलको निवास सहित 14 ठेगानामा छापा मारेको थियो। भिलाई-3 स्थित वसुन्धरा नगर निवास र रायपुर निवास सहित राज्यभरिमा 14 ठाउँ रक्सी घोटाला मामिलामा ईडीले छापा मारेको थियो। ईडीको टीमले तमाम दस्तावेजहरूको जाँच गऱ्यो र पूर्व मुख्यमन्त्रीका छोरा चैतन्य बघेलसित पनि सोधपुछ गरेको थियो। अब ईडीले एक नोटिस जारी गरी चैतन्यसित सोधपुछको निम्ति 15 मार्चमा आफ्नो अफिस बोलाएको छ।
यसपछि आज ईडीले भन्यो, छत्तीसगढ़को दुर्ग जिल्लामा 14 ठाउँ पीएमएलए अन्तर्गत खोजी गरियो। यसमा चैतन्य बघेलको आवास, पूर्व मुख्यमन्त्री भूपेश बघेलका निकटतम लक्ष्मी नारायण बन्सल उर्फ पप्पू बन्सलको निवास पनि सामेल छ। जाँचमा चैतन्यलाई कथित रूपमा रक्सी घोटालामा लाभप्राप्तकर्ता पाइएको छ। यस घोटालाको राशि लगभग 2161 करोड़ रूपियाँ मापिएको छ, जसलाई विभिन्न तरीकाहरूले निकालियो। ईडीले यस कारबाहीमा धेरै महत्वपूर्ण दस्तावेज जफत गरेको छ।
सूत्रहरू अनुसार, नेहरू नगर स्थित मुकेश चन्द्राकर र राजेन्द्र साहूको घरहरूबाट फाइलहरू जफत गरिएको छ। यस बाहेक ईडीले 6 मोबाइल फोन पनि सिम कार्ड सहित जफत गरेको छ। अब यी मोबाइलहरूबाट बातचितको विवरण खोजिँदैछ।
हिन्दुस्थान समाचार / भवानी थामी