नर्थ-ईस्टको एउटैपनि युवालाई रोजगारको निम्ति देशका अन्य हिस्साहरूमा जानुपर्नेछैन- अमित शाह
शाह


नयाँ दिल्ली, 11 मार्च (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहले मंगलवार अखिल भारतीय विद्यार्थी परिषद (एबीवीपी) द्वारा आयोजित नर्थ-ईस्ट छात्र एवं युवा संसदलाई सम्बोधित गर्दै 10 वर्षभित्र नर्थ-ईस्टको एउटै पनि युवालाई रोजगारको निम्ति देशका अन्य हिस्साहरूमा जानुपर्नेछैन भनेका छन्। उनीहरूलाई नर्थ ईस्टमै रोजगारको अवसर प्राप्त हुनेछ।

गृहमन्त्री अमित शाहले आफ्नो सम्बोधनमा राष्ट्र निर्माणमा युवाहरूको भागीदारीको महत्वमाथि जोड दिए औं नर्थ-ईस्टका छात्रहरूलाई 2047 सम्म मजुबत र विकसित भारतको निर्माणमा योगदानको निम्ति प्रेरित गरे। उनले युवाहरूलाई सशक्त बनाउने, शैक्षणिक पहललाई प्रोत्साहन दिने र नर्थ-ईस्टका युवाहरूबीच सामुदायिक भावनालाई बढ़ाउनमाथि बल दिए। उनले भने, जुन राज्यमा शान्ति हुँदैन, त्यहाँ विकास सम्भव छैन र मोदी सरकारले नर्थ ईस्टमा शान्ति ल्याउने काम गरेको छ। भाजपा सरकारको सबैभन्दा ठूलो उपलब्धी यो हो कि उसले पूर्वोत्तर र बाकी भारतबीचको दूरीलाई कम गरेको छ। वर्ष 2027 सम्म नर्थ-ईस्टको हरेक राजधानी ट्रेन, विमान र सड़क मार्गसित जोड़िनेछ।

शाहले भने, आतङ्कवाद, पृथकतावाद, हिंसा, ड्रग, बन्द र प्रान्तवादले नर्थ-ईस्टलाई अनेक टुक्रामा बाँड़्यो। यसले गर्दा गत 40 वर्ष जब देश विकासको मार्गमा हिँड़िरहेको थियो तब नर्थ ईस्ट पछि छोड़ियो। भाजपा शासनमा सदैव नर्थ-ईस्टलाई वरीयता दिइयो। पूर्व प्रधानमन्त्री अटल बिहारीको शासन कालमा पूर्वोत्तरका लागि अलग मन्त्रालयको गठन गरियो। प्रधानमन्त्री नरेन्द्र मोदीले तमाम योजनाहरूको केन्द्रमा पूर्वोत्तरलाई राख्ने काम गऱे।

उनले भने, मणिपुरमा नस्लीय हिंसाको घटनालाई छोड्यो भने केवल 10 वर्षमा पूर्वोत्तरले आज पूर्ण शान्तिको अनुभव गरिरहेको छ। वर्ष 2004 देखि 2014 सम्म हिंसाको कूल 11,000 घटना भयो र 2014 देखि 2024 सम्म 3,428 घटनाहरू भए अर्थात् 70 प्रतिशतको कमी आएको छ। सुरक्षाबलहरूको मृत्युको संख्यामा पनि 70 प्रतिशतको कमी आएको छ। गत 10 वर्षमा नागरिकहरूको मृत्युको संख्यामा 89 प्रतिशतको कमी आएको छ। हाम्रो पूर्वोत्तरले आज शान्तिको अनुभव गरिरहेको छ। चाहे त्यो मेघालय होस्, अरूणाचल होस्, असम हो, नागाल्याण्ड वा मिजोरम होस्, हामीले सबै सशस्त्र समूहको साथ समझौता गरेका छौं र 10,500 भन्दा धेरै विद्रोहीले आफ्नो हतियार समर्थन गरेर मुख्यधारामा सामेल भएका छन्। हाम्रो सरकारले 10 वर्षमा 12 महत्वपूर्ण समझौतामा हस्ताक्षर गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande