प्रधानमन्त्री मोदी दुई दिने मरीशस भ्रमणका लागि प्रस्थान
प्रधानमन्त्री मोदी दुई दिने मरीशस भ्रमणका लागि प्रस्थान


नयाँ दिल्ली, 11 मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि मरीशसको दुई दिने भ्रमणमा रहनेछन्। यस भ्रमणको क्रममा भारत-मरीशस आर्थिक सम्बन्धलाई सुदृढ पार्न धेरै महत्त्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर हुनेछ। प्रधानमन्त्री मोदी 12 मार्चमा मरीशसको राष्ट्रिय दिवस समारोहमा प्रमुख अतिथि हुनेछन्।

मरीशस जानुअघि प्रधानमन्त्रीले यो भ्रमणले विगतको जगमा दुई देशबीचको सम्बन्धमा नयाँ र उज्यालो अध्याय खोल्ने बताए। आफ्नो भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले भारतद्वारा वित्त पोषित 20 भन्दा बढी परियोजनाहरूको उद्घाटन गर्नेछन्। उनले आफ्ना मरीशस समकक्षी नवीन रामगुलामसँग मिलेर नागरिक सेवा कलेज भवनको उद्घाटन गर्नेछन्।

यस भवनको निर्माण लगभग 4.75 मिलियन अमेरिकी डलरको लागतमा गरिएको छ। यस परियोजनाको लागि 2017 मा एक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो। उनले एउटा क्षेत्रीय स्वास्थ्य केन्द्र र 20 वटा सामुदायिक परियोजनाहरूको पनि ई-उद्घाटन गर्नेछन्। यसको निर्माण लगभग 7 करोड रूपियॉंको लागतमा गरिएको छ। यी सामुदायिक परियोजनाहरूमा खेलकुदसँग सम्बन्धित पूर्वाधार पनि समावेश छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande