त्रिभाषालाई लिएर संसद बाहिर डीएमकेका सांसदहरूले गरे प्रदर्शन
डी


नयाँ दिल्ली, 11 मार्च (हि.स.)। राष्ट्रिय शिक्षा नीति र त्रिभाषालाई लिएर संसद बाहिर द्रविड़ मुनेत्र कड़गम (डीएमके) का सांसदहरूले प्रदर्शन गरे। मंगलवार राज्यसभामा हंगामाबीच शून्य कालमा सदनको बैठकलाई 12 बजीसम्मका लागि स्थगित गर्नुपऱ्यो। डीएमके सांसद कनिमोझी र अन्य सांसदले कालो लुगा लगाएर तमिलनाडूमाथि केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको टिप्पणीको विरोध गरे। उनले प्रधानलाई माफी माग्नु भने।

डीएमके सांसद कनिमोझीले भने, केन्द्र सरकारले तमिलनाडूले पाउने पैसा रोकिरहेको छ। भनिरहेछ कि हामीले तीन-भाषा नीति र इनईपीमा हस्ताक्षर गर्नुपर्नेछ। हामीले तमिलनाडूका नानीहरूको भविष्य बर्बाद गरिरहेको छौं। उनलाई तमिलनाडूका नानीहरूले पाउने फण्डलाई रोक्ने कुनै अधिकार छैन।

कनिमोझीले भने, सोमवार धर्मेन्द्र प्रधानले कथित रूपमा अपमानजक तरीकाले जवाफ दिए। उनले भने, तमिलनाडूका मानिसहरू बेइमान छन् र असभ्य छन्। उनले यस्तो भाषा बोल्ने हामीले आशा राखेका छैनौं। यो पूर्ण रूपमा अलोकतान्त्रिक हो। हामी उनको माफीको माग गर्छौं।

धर्मेन्द्र प्रधानको बयानको विरोधमा राज्यसभामा पनि डीएमकेका सांसदहरूले जमेर नारा लगाए। प्रश्न कालपछि त्रिचि शिवाले सदनमा धर्मेन्द्र प्रधानसित उनको बयानको निम्ति माफी माग्ने माग गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande