आकाश आनन्दले रिपब्लिकन पार्टी अफ इण्डिया जोइन् गर्नुपर्छ- रामदास आठवले
आकाश आनन्दले रिपब्लिकन पार्टी अफ इण्डिया जोइन् गर्नुपर्छ- रामदास आठवले


लखनऊ, 04 मार्च (हि.स.)। रिपब्लिकन पार्टी अफ इण्डिया (आठवले) का राष्ट्रिय अध्यक्ष एवं केन्द्रिय सामाजिक न्याय एवं अधिकारिता राज्य मन्त्री रामदास आठवलेले लखनऊमा पत्रकार वार्तामा आकाश आनन्दलाई लिएर टिप्पणी गरेका छन्। उनले भनेका छन्, आकाश आनन्द जसलाई बसपाकी अध्यक्ष मायावतीले उत्तराधिकारी बनाएकी थिइन्, जो उनको भाईको छोरा हो, उलाई मायावतीले सबै दायित्वहरूबाट मुक्त गरेर पार्टीबाट निकालेकी छऩ्। बाबा साहेबको मिशनलाई अगाड़ी बढ़ाउनको निम्ति आकाश आनन्दले रिपब्लिकन पार्टी अफ इण्डिया (आठवले) जोइन गर्नुपर्छ।

रामदास आठवलेले भने, बसपाकी मायावतीले बाबा साहेबको नाम त लिइन् तर उनको सिद्धान्तहरलाई अपनाइनन्। बाबा साहेबले सबैलाई लिएर हिँड्ने काम गरेका थिए। बसपाले केवल एक जातिसम्म नै आफूलाई सीमित राख्यो। अन्य जातिहरूको विरोध गऱ्यो, तब सर्वजन सुखायको नारा दिएको थियो। जिल्ला पञ्चायत चुनाउमा आफ्नो कुरा राख्न रिपब्लिकन पार्टी अफ इण्डिया चुनावी मैदानमा उत्रिनेछ। गाउँ-गाउँसम्म आफ्नो पार्टीको पहुँच बनाउनको निम्ति प्रत्याशीहरूको घोषणा गरिरहेको छु।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande