भोपाल, 04 मार्च (हि.स.)। मध्य प्रदेशको राजधानी भोपालको शारदा विहार आवासीय विद्यालय परिसरमा आज संघको अनुषांगिक संगठन विद्या भारतीको पाँच दिवसीय अखिल भारतीय पूर्णकालिक कार्यकर्ता अभ्यास वर्ग शुरू भयो। राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक डा. मोहनराव भागवतले बिहान यस अभ्यास वर्गको उद्घाटन गरे। अभ्यास वर्गमा देशभरिमा 700 भन्दा धेरै पूर्णकालिक कार्यकर्ताहरूले हिस्सा लिइरहेका छन्।
केरवा ड्याम रोड स्थित शारदा विहार परिसरमा पाँच दिन चल्ने अभ्यास वर्गमा एनसीईआरटी, सीबीएसई डायरेक्टर, भाषा भारती अध्यक्ष सहित शिक्षाको क्षेत्रसित जोड़िएका अधिकारी र विशेषज्ञहरू सत्रमा सामेल हुनेछऩ्। विद्या भारतीको अखिल भारतीय अध्यक्ष रामकृष्ण रावले भऩे, पूरा अभ्यास वर्गमा कूल 22 सत्र हुनेछ। विद्या भारतीका लगभग 22 हजार औपचारिक र अनौपचारिक विद्यालयहरूमा शैक्षणिक, प्रबन्धन र तमाम कामहरू गर्ने 700 भऩ्दा धेरै पूर्णकालिक कार्यकर्ताहरूलाई अभ्यास वर्गमा प्रशिक्षित गरिनेछ।
सरसंघचालक डा. भागवत सोमवार राति भोपाल पुगे। उनको यात्राको मध्यनजर सरस्वती विद्या मन्दिर, शारदा विहार केरवा डेम, प्रीमियर अर्चिड र समिधा सन्घ कार्यालय अरेरा कोलोनीलाई रेड जोन-नो फ्लाई जोन घोषित गरिएको छ। यस क्षेत्रमा डीसीपी इन्टेलिजेन्सले पाँच किलोमीटरको परिधिमा ड्रोन, प्यारा ग्लाइडर, हट एयर बलून उड़ाउनमा रोक लगाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी