मुख्य चुनाउ आय़ुक्तले सबै सीईओ, डीईओ, ईआरओलाई वैधानिक ढांचाभित्र मुद्दाहरूको समाधान गर्ने निर्देश दिए
चुनाउ


नयाँ दिल्ली, 04 मार्च (हि.स.)। मुख्य चुनाउ आयुक्त (सीईसी) ज्ञानेश कुमारले मंगलवार देशभरिका सबै सीईओ, डीईओ, ईआरओ, बीएलओ सहित सबै अधिकारीहरूलाई पारदर्शी तरीकाले काम गर्ने र सबै वैधानिक दायित्वहरूलाई पूरा लगनको साथ पूरा गर्ने निर्देश दिए। उनी नयाँ दिल्लीको आईआईआईडीईएममा सबै राज्यहरू र केन्द्र शासित प्रदेशहरूका सीईओको दुई दिवसीय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधित गरिरहेका थिए।

मुख्य चुनाउ आयुक्त ज्ञानेश कुमारले आफ्नो सम्बोधनमा वर्तमान कानूनी ढांचा अर्थात् जनप्रतिनिधित्व अधिनियम 1950 र 1951; मतदाता पंजीकरण नियम 1960, चुनाउ संचालन नियम 1961 र समय-समयमा ईसीआईद्वारा जारी निर्देशहरू अनुसार काम गर्ने आह्वान गरे। उनले अधिकारीहरूलाई राजनीतिक दलहरूप्रति सुलभ र उत्तरदायी हुने निर्देश दिए। उनले भनेका छन्, सबै वैधानिक स्तरहरूमा सबै दलहरूको बैठकहरू नियमित रूपमा आय़ोजित गरिनुपर्छ ताकि सम्बन्धित सक्षम प्राधिकारी अर्थात् ईआरओ वा डीईओ वा सीईओद्वारा वर्तमान वैधानिक ढांचाभित्र कुनैपनि मुद्दाको समाधान गर्न सकियोस्। प्रत्येक सीईओद्वारा मुद्देवार गरिएको कारबाहीको रिपोर्ट 31 मार्चसम्म उनका सम्बन्धित डीईसीलाई प्रस्तुत गरिनुपर्नेछ।

ज्ञानेश कुमारले सबै सीईओ, डीईओ, आरओ, ईआरओलाई आफ्नो भूमिका र जिम्मेवारीहरूबारे पूरा जानकारी हुनुपर्नेमाथि जोड दिए। अधिकारीहरूले सुनिश्चित गर्नुपर्नेछ कि देशका सबै नागरिक जसको आयु 18 वर्षभन्दा अधिक छ, संविधानको अनुच्छेद 325 र अनुच्छेद 326 अनुसार मतदाताको रूपमा पंजीकृत होस्। उनले निर्देश दिए, सबै बीएलओलाई मतदाताहरूको साथ विनम्र व्यवहार गर्नका निम्ति प्रशिक्षित गरियोस्।

अधिकारीहरूलाई प्रत्येक मतदान केन्द्रमा 800-1200 मतदाताहरूको उपस्थिति सुनिश्चित गर्ने प्रय़ास गर्ने तथा मतदान केन्द्र प्रत्येक मतदाताको निवासदेखि 2 किलोमीटरको दूरीमा होस् भनी सुनिश्चित गरिने निर्देश दिइएको छ। ग्रामीण क्षेत्रहरूमा मतदानलाई सजिलो बनाउनका निम्ति उचित न्यूनतम सुविधाहरू भएका मतदान केन्द्र स्थापित गरिनुपर्छ। शहरी क्षेत्रहरूमा मतदान बढ़ाउनका लागि अग्ला बिल्डिङहरूका साथै झुग्गी बस्तिहरूमा पनि मतदान केन्द्र स्थापित गरिनुपर्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande