किसान आन्दोलनहरूले पञ्जाबको छवि बिगाऱ्यो, राज्यको उद्योग स्वाहा भइऱहेछ- भगवन्त मान
मान


चण्डीगढ़, 04 मार्च (हि.स.)। पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले चण्डीगढ़ मार्च गर्ने ढिप्पी गरिरहेका किसानहरूलाई चेताउनी दिँदै राज्यमा समानान्तर सरकार चलाउने अधिकार कसैलाई दिइनेछैन भनेका छन्। उनले भने, किसान आन्दोनको कारण पञ्जाबको राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा छवि खराब भएको छ। किसान संगठनहरूमा आन्दोलनहरूलाई लिएर भिड़न्त चलिरहेको छ। यसबाट पञ्जाबको उद्योग स्वाहा भइऱहेको छ।

भगवन्त मान मंगलवार मोहाली जिल्लामा खरड़ तहसील परिसरको दौड़ा गरेपछि पत्रकारहरूसित कुराकानी गरिरहेका थिए। मुख्यमन्त्री भगवन्त मानले किसान आन्दोलन विरूद्ध पहिलो पल्ट बोलेका छन्। उनले भनेका छन्, सोमवार राति किसानहरूको साथ बैठकमा धेरै मुद्दाहरूमाथि चर्चा चलिरहेको थियो तर किसान चण्डीगढ़ मार्च गर्ने घोषणालाई फिर्ता लिन राजी भइरहेका थिएनन्। जनताको हितहरूलाई ध्यानमा राखेर उनले बैठकलाई बीचैमा छोड़े।

उनले भनेका छन्, किसान आन्दोलनको कारण पञ्जाबको उद्योग नष्ट भइऱहेको छ। पञ्जाबको ट्रान्सपोर्ट समाप्त भइरहेको छ। कहिले रेल रोकिँदैछ त कहिले सड़कहरू रोकिँदैछ। कहिले एनएचएआईको प्रोजेक्ट राकिँदैछ। अब स्थिति यस्तो छ कि किसान नेता राजनीति चम्काउनका लागि इमीग्रेशन अफिसहरू अगाड़ी धरना दिइरहेका छन्। यी धऱनाहरूको नाममा गाउँहरूबाट फण्ड एकत्र गरिँदैछ। पारिवारिक झगड़ाहरूमा पनि किसानहरूले पञ्चायत गर्न थालेका छन्। यस प्रकारको समानान्तर सरकार चलाउने अनुमति दिइनेछैन।

उनले भने, यदि अनलाइन साइटहरूबाट पञ्जाबमा कुनै समान मगाइए त्यो महंगो पाइन्छ। यसबाट आम जनतालाई समस्या भइरहेको छ। किसान संगठनहरूमाथि कटाक्ष गर्दै मुख्यमन्त्रीले भने, आज आन्दोलनको नाममा म्याच चलिरहेको छ। एक संगठनको आन्दोलन समाप्त हुन लाग्दा अर्कोले तयारी गर्छ। पञ्जाब सरकारले दशमेश नहरको निर्माण गर्न गइऱहेको छ। नयाँ कृषि नीति लिएर आइरहेको छ। किसान आन्दोलन गर्नको सट्टा नयाँ नीतिको निम्ति आफ्नो सुझाउ दिइय़ोस्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande