मुम्बई, 04 मार्च (हि.स.)। मुम्बईका दिग्गज क्रिकेटर पद्माकर शिवलकरको 03 मार्च (सोमवार) 84 वर्षको आयुमा निधन भयो। देब्रे हातका यस स्पिनरले मुम्बईको निम्ति 20 वर्षसम्म क्रिकेट खेले तर भारतीय टीममा ठाउँ बनाउन सकेनन् किनभने त्यही समय बिशन सिंह बेदी जस्ता दिग्गज स्पिनर टीमको हिस्सा थिए। बेदीले भारतीय क्रिकेटमा आफ्नो शानदार प्रदर्शनले पहिचान बनाए।
शिवलकरको निधनमा क्रिकेट जगतले गहिरो शोक व्यक्त गरेको छ। पूर्व भारतीय कप्तान सुनील गावस्करले उनलाई श्रद्धाञ्जलि अर्पित गर्दै भनेका छन्, यो वास्तवमा दुःखद खबर हो। कम समयमा मुम्बई क्रिकेटले मिलिन्द र अब पद्माकर जस्ता दुई महान खेलाड़ी गुमायो, जसले धेरै जितहरूमा महत्वपूर्ण भूमिका निभाए। गावस्करले आफ्नो पुस्तक 'आइडल्स' मा शिवलकरलाई आफ्नो आदर्श खेलाड़ीहरूमा सामेल गरेका थिए।
1961/62 सीज़नमा 21 वर्षको आयुमा आफ्नो प्रथम श्रेणी क्रिकेट करियर शुरू गर्ने शिवलकरले 1987/88 सीज़नसम्म मुम्बईको निम्ति खेल्दै 124 प्रथम श्रेणी म्याचहरूमा 589 विकेट लिए। यस अवधि उनले 42 पल्ट पारीमा पाँच र 13 पल्ट म्याचमा 10 विकेट लिने कारनामा गरे। 1972/73 रणजी ट्रफी फाइनलमा तमिलनाडु विरूद्ध उनले 8/16 र 5/18 को शानदार प्रदर्शन गरी मुम्बईलाई लगातार 15औं पल्ट खिताब दिलाउनमा अहम भूमिका निभाए।
मुम्बई क्रिकेट एसोसिएशन (एमसीए) का अध्यक्ष अजिंक्य नाइकले पनि उनलाई श्रद्धाञ्जलि अर्पित गर्दै भनेका छन्, मुम्बई क्रिकेटले आज एक साँचो दिग्गज गुमायो। पद्माकर शिवलकर सरको खेलमा योगदान, खासगरी एक शानदार स्पिनरको रूपमा सदैव याद गरिनेछ। उनको प्रतिबद्धता, कौशल र मुम्बई क्रिकेटमा उनको छाप अतुलनीय छ। उनको निधन क्रिकेट जगतको निम्ति एक अपूरणीय क्षति हो। उनको आत्माले शान्ति पाओस्।घरेलू क्रिकेटमा आफ्नो उत्कृष्ट योगदानको निम्ति शिवलकरलाई 2016 मा सीके नायडू लाइफटाइम अजीवमेन्ट अवार्डले सम्मानित गरिएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी