रक्षा मन्त्रीले देशको आन्तरिक र बाहिरी रक्षाका चुनौतीहरूको खतरालाई लिएर चेताए
राज


नयाँ दिल्ली, 04 मार्च (हि.स.)। रक्षा मन्त्री राजनाथ सिंहले देशको आन्तरिक सुरक्षा मुद्दामा हामीले आतङ्कवाद, पृथकतावादी आन्दोलन, वामपन्थी उग्रवाद, साम्प्रदायिक तनाउ, सीमा पारीबाट घुसपैठ र संगठित अपराध देख्न पाइऱहेका छौं भनेका छन्। यसैगरी बाहिरी सुरक्षामा अलग-अलग चुनौतीहरू छन्। पहिले यी चुनौतीहरू केवल पारम्परिक थिए तर अब हाइब्रिड युद्ध, साइबर र अन्तरिक्ष आधारित चनौतीहरूको खतरा हामी सामू छ, उनले भने।

राजनाथ सिंहले आज नयाँ दिल्लीमा आन्तरिक सुरक्षाको निम्ति उन्नत प्रौद्योगिकीहरूमाथि एक सेमिनारमा भने, आन्तरिक र बाहिरी सुरक्षा दुवै अलग-अलग चीज होइनन् यसैले यसलाई अग-अलग गरेर हेरिनुहुँदैन। यी एकै सिक्काका दुई सिद्धान्त हुन्। राष्ट्रिय रक्षा र सुरक्षालाई लिएर धेरै एजेन्सीहरूले अलग-अलग हिस्साहरूमा काम गरिरहेका छन्। अलग-अलग दायित्व भएपनि सबैको साथ र आदर्श वाक्य एउटै हो। उनीहरूको आदर्श वाक्य हो, देशको सुरक्षा। उनीहरूको आदर्श वाक्य हो, देशमा शान्ति र देशको प्रगति। यसैले यस सम्मेलनको आयोजन न केवल प्रासंगिक हो तर समयको आवश्यकता अनुसार पनि हो।

रक्षा मन्त्रीले विश्वास व्यक्त गर्दै भऩे, आन्तरिक सुरक्षा र आपदा राहत कार्यहरूका लागि उन्नत प्रौद्योगिकीहरू जस्ता महत्वपूर्ण विषयको साथ दुई दिवसीय सम्मेलनको सार्थक परिणाम हामी सामू आउनेछ। जब म गृहमन्त्री थिए तब त्यस समय मलाई भारतको आन्तरिक सुरक्षालाई नजिकबाट हेर्ने र बुझ्ने अवसर प्राप्त भयो। यसपछि गत लगभग 6 वर्षदेखि रक्षा मन्त्रीको रूपमा मलाई भारतको बाहिरी सुरक्षालाई पनि नजिकबाट हेर्ने अवसर प्राप्त भइरहेको छ। यस सम्मेलनमा उपस्थित अधिकारीहरूसित फील्ड अनुभव छ, अपरेशनल अनुभव छ र व्यावहारिक अनुभव पनि छ। वास्तवमा उनीहरूका यी सबै अनुभव नै हुन्, जसले नीति स्तरमा कार्यक्रम स्तरमा र फेरि परियोजना स्तरमा हामीलाई मार्गदर्शन प्रदान गर्छन्।

उनले भऩे, उत्तर पूर्वमा उग्रवादले प्रभावित क्षेत्रहरूका छुट्टै मुद्दा छन्, वामपन्थी उग्रवादले प्रभावित क्षेत्रहरूको छुट्टै मुद्दा छ, आतङ्कवादको छुट्टै मुद्दा छ। यसैले जब हामी विशिष्ट क्षेत्रहरूमाथि ध्यान केन्द्रित गर्नेछौं, जब हामीले त्यसमाथि विचार गर्नेछौं, मन्थन गर्नेछौं तब शायद हामीले अझ् राम्रो समाधान पाउनेछौं। आजादीपछि भारत आर्थिक रूपमा त्यतिको समृद्ध थिएऩ यसैले हाम्रो अधिकांश ध्यान आफ्नो मूलभूत आवश्यकताहरूमाथि रहनेगर्थ्यो। हामीले आपदाहरूमाथि र त्यसको प्रभावमाथि उतिको ध्यान दिनेगर्थेनौं। हामी एक प्रकारले आपदाहरूको र त्यसबाट हुने ज्यान-मालको नोकसानलाई हामीले आफ्नो नियति मानेका थियौं तर अब स्थिति यस्तो छैन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande