इम्फाल, 05 मार्च (हि.स.)। मणिपुरको कामजोङ जिल्लामा बुधवार पूर्वाह्न 11.06 बजी भूकम्पको झटका महूसस गरियो। रिक्टर स्केलमा यसको तीव्रता 5.6 मापियो। भूकम्पको झटका मणिपुर बाहेक असमको गुवाहाटी, नागाल्याण्ड एवं मेघालयका केही हिस्सा समेत पूर्वोत्तरका धेरै राज्यहरूमा पनि महसूस गरियो। भूकम्पको कारण अहिलेसम्म कुनै प्रकारको ज्यान-मालको नोकसानको कुनै खबर छैन।
राष्ट्रिय भूकम्प विज्ञान केन्द्र अनुसार, भूकम्पको केन्द्र 24.75° उत्तरी अक्षांश र 94.35° पूर्वी देशान्तरमा 110 किलोमीटरको गहराईमा थियो। गुवाहाटी स्थित मौसम विज्ञान केन्द्रले पुष्टि गरेको छ, गुवाहाटी शहर र वरिपरिका क्षेत्रहरूमा झटका महसूस गरियो। भूकम्पको केन्द्र मणिपुरमा थियो तर असमको गुवाहाटी र मेघालयका केही हिस्साहरूमा पनि तीव्र झटका महसूस गरियो।
संयुक्त राज्य भूवैज्ञानिक सर्वेक्षण अनुसार, पूर्वाह्न 11.06 बजी आएको यस भूकम्पको केन्द्र मणिपुरको इम्फाल नजिक 10 किलोमीटरको गहराईमा थियो।
हिन्दुस्थान समाचार / भवानी थामी