औरंगजेब बयान मामिलामा सपा विधायक अबू आजमी पूरा बजेट सत्रको निम्ति निलम्बित
आजमी


मुम्बई, 05 मार्च (हि.स.)। मुगल शासक औरंगजेबबारे बयान दिने समाजवादी पार्टीका विधायक अबू आसिम आजमीलाई विधानसभा अध्यक्ष राहुल नार्वेकरले पूरा बजेट सत्रको निम्ति निलम्बित गरेका छन्। विधानसभामा यो प्रस्ताव संसदीय कार्यमन्त्री चन्द्रकान्त पाटिलले पेश गरे, जसलाई सबै विधायकहरूले सहमतिले दिए।

विधानसभामा आज भाजपा विधायक सुधीर मुनगंटीवारले भने, औरंगजेब धेरै नै क्रूर शासक थिए तर सपा विधायकले केवल आफ्नो मतदाताहरूलाई खुशी पार्न औरंगजेबको गुणगान गरेका थिए। औरंगजेबले हिन्दू महिलाहरूको अपमान गरेका थिए। मन्दिर ध्वस्त पारेका थिए। हिन्दूहरूको हत्या गरेका थिए। यसैले औरंगजेब कुनैपनि मूल्यमा हाम्रो आदर्श हुनसक्दैन। यसैले औरंगजेबको महिमामण्डन गर्ने सपा विधायकलाई तत्काल निलम्बित गर्नुपर्छ।

यसपछि संसदीय कार्यमन्त्री चन्द्रकान्त पाटिलले अबू आसिम आजमीलाई बजेट सत्र समाप्त हुञ्जेलसम्म निलम्बित गर्ने प्रस्ताव पेश गरे। यस प्रस्तावमा सत्तापक्ष र विपक्षका सबै विधायकले सहमति व्यक्त गरे। यसपछि विधानसभा अध्यक्ष राहुल नार्वेकरले भने, सपा विधायक अबू आसिम आजमीलाई बजेट सत्र समाप्त हुञ्जेलसम्म निलम्बित गरिन्छ। महाराष्ट्र विधानसभाको सल्लाहकार समितिले बजेट सत्र 3 मार्चदेखि 26 मार्चसम्म चलाइने निर्णय लिएको छ।

वस्तुतः सोमवार अबू आसिम आजमीले औरंगजेबलाई असल शासक बताएका थिए। यसपछि ठाणे जिल्लाको वागले पुलिस स्टेशनमा अबू आसिम आजमी विरूद्ध मामिला दर्ता गरिएको छ। उनीमाथि कारबाही गरिने माग लिएर मंगलवार विधानसभा र विधान परिषदको कामकाज स्थगित गरिएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande