पञ्जाबमा सैकड़ौं किसा नेता हिरासतमा, चण्डीगढ़का 12 सीमा सील
पञ्जाबमा सैकड़ौं किसा नेता हिरासतमा, चण्डीगढ़का 12 सीमा सील


चण्डीगढ़, 05 मार्च (हि.स.)। पञ्जाबका किसान संगठनहरूद्वारा बुधवार चण्डीगढ़ कूचको घोषणाको मध्यनजर पञ्जाब पुलिसले सैकड़ौं किसानहरूलाई हिरासतमा लिएको छ भने बुधवार बिहानैदेखि चण्डीगढ़तिर जाने सबै 12 बाटोलाई सील गरिएको छ। पञ्जाब, हरियाणा र चण्डीगढ़ पुलिसद्वारा बर्डरको सबै सीमाहरूलाई सील गरी वाहनहरूको जाँच गरिँदैछ।

पञ्जाबका मुख्यमन्त्री भगवन्त मानको साथ वार्ता विफल भएपछि किसानहरूले बुधवार चण्डीगढ़ मार्च गर्ने घोषणा गरेका थिए। यद्यपि, यस अगावै पञ्जाब पुलिसले मंगलवार किसान नेता बलबीर सिंह राजेवाल, जोगिन्द्र सिंह उगराहां समेत सैकड़ौं किसानहरूलाई हिरासतमा लियो। पञ्जाबमा किसान नेताहरूको गिरफ्तारीलाई लिएर राजनीति पनि गर्मिएको छ। बुधवार बिहानै पूर्व मुख्यमन्त्री एवं सांसद चरणजीत सिंह चन्नी किसान नेताहरूलाई भेट्न पुलिस थाना पुगे। यसबीच अकाली दलले किसान नेताहरूलाई पक्राउ गरिएको निन्दा गर्दै पञ्जाबको भगवन्त मान सरकारलाई घेरेको छ।

यसबीच चण्डीगढ़ प्रशासनका अधिकारीले जानकारी जारी गराउँदै भनेका छन्, चण्डीगढ़मा किसानहरूलाई कहिलेपनि धरना व प्रदर्शनको अनुमति दिइएको छैन। चण्डीगढ़ पुलिसले पञ्जाब र हरियाणा पुलिसको साथ मिलेर चण्डीगढ़मा आउने सबै 12 मार्गलाई सील गरेको छ। वाहनहरूको सघन जाँच जारी छ।

भारतीय किसान यूनियन (एकता-उगराहां) का प्रधान जोगिन्दर सिंह उगराहांले आन्दोलनकारी किसानहरूसित पुलिसले जहाँ रोके, त्यही सड़क छेउ खाली ठाउँमा बस्ने अपील गरेका छऩ्। स़ड़क जाम गरेको आरोप लगाएर पञ्जाब पुलिसले किसानहरूलाई बदनाम गर्ने षड़यन्त्र रचिरहेको छ, उनले भऩे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande