मणिपुरमा पाँच उग्रवादी पक्राउ
मिलि


इम्फाल, 05 मार्च (हि.स.)। मणिपुर पुलिसले राज्यका विभिन्न ठाउँहरूबाट पाँच उग्रवादीलाई पक्राउ गरेको छ। यी उग्रवादीहरूलाई चुराचांदपुर, इम्फाल ईस्ट र बिष्णुपुर जिल्लाहरूबाट पक्राउ गरिएको छ। यी सबै प्रतिबन्धित संगठनहरूसित जोड़िएका छन्।

पुलिसले आज जानकारी गराएको छ, चुराचांदपुरको बेतहेल क्षेत्रबाट एक 19 वर्षीय युवक र तीन नाबालिगलाई समातिएको छ। यी सबै प्रतिबन्धित यूनाइटेड कूकी नेशनल आर्मी (यूकेएनए) का सदस्य हुन् र स्थानीय व्यवसायीहरूबाट बलजफ्ती असूली, मादक पदार्थहरू र हतियारहरूको तस्करीमा संलिप्त थिए। यिनीहरूदेखि दुई पेस्तोल जफत गरिएको छ।

एक अन्य घटनामा इम्फाल ईस्टको ओल्ड मर्डन कलेज गेट नजिक पोरोम्पाट आयंगपल्ली रोडबाट प्रतिबन्धित कांग्लेपाक कम्युनिस्ट पार्टी (एमएफएल) को सदस्य युमनम सुरेश मैतेई (28) लाई पक्राउ गरियो। पुलिसले व्यक्तिदेखि 10 ह्याण्ड ग्रेनेड, 10 ट्यूब लाञ्चिङ उपकरण, गोला-बारूदको बक्स, एक दुईचक्के वाहन, तीन मोबाइल फोन र एक पर्स जफत गऱ्यो।

चुराचांदपुर जिल्लाको थिंगकांगफाई क्षेत्रमा पुलिसले एक अन्य व्यक्ति थांगसुआनमुआनलाई पक्राउ गरेको छ। जसदेखि 132 वटा साबुनको डब्बामा हेरोइन, एक मोबाइल फोन र एक चार चक्के वाहन जफत गरियो। बिष्णुपुर जिल्लामा भएको एक अन्य कारबाहीमा पूर्व प्रीपाक क्याडर हुइड्रोम रोमें सिंह (44) र हुइड्रोम नरेश सिंह (32) लाई पक्राउ गरिएको छ। यिनीहरूदेखि एक पेस्तोल, एक खाली म्याग्जिन र दुई मोबाइल फोन जफत गरियो।

पुलिस अधिकारीहरूले भनेका छन्, यी सबै मामिलाहरूमा विस्तृत जाँच जारी छ र नेटवर्कको पत्तो लगाउनको निम्ति अगाड़ीको कारबाही जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande