मणिपुरका तीन जिल्लाका मानिसहरूले स्वेच्छाले हतियार बुझाए
मणिपुरका तीन जिल्लाका मानिसहरूले स्वेच्छाले हतियार बुझाए


इम्फाल, 05 मार्च (हि.स.)। मणिपुरका तीन जिल्ला, विष्णुपुर, इम्फाल इस्ट र इम्फाल वेस्टका मानिसहरूले स्वेच्छाले पुलिसलाई हतियार र गोला बारुद बुझाएका छन्। उक्त जानकारी आज पुलिसले दिएको हो।

बिष्णुपुर जिल्लामा सीडीओ यूनिट, कुम्बी थाना र पीजीसीआई थानामा मानिसहरूले एसएलआर राइफल, इन्सास राइफल, .303 राइफल, एलएमजी म्यागजिन, स्मोक शेल, एसबीबीएल गन, डेटोनेटर र ह्यान्ड ग्रेनेड बुझाएका छन्।

इम्फाल ईस्ट जिल्लाको सीडीओ यूनिट, अन्ड्रो थाना, पोरम्पट थाना र इरिलबुङ थानामा 9 एमएम पेस्तोल, एम16 राइफलको जिउॅंदो राउण्ड, एउटा अज्ञात बम, .38 एमएम र 12 बोर कारतूस, स्टन ग्रेनेड, बीपी ज्याकेट, हेलमेट, चार्जर क्लिप र अन्य विस्फोटक सामग्री बुझाएका छन्।

यस अतिरिक्त, इम्फाल वेस्ट जिल्लाको मयङ इम्फाल थानामा एसबीबीएल, .36 एचई ह्यान्ड ग्रेनेड, टीयर स्मोक शेल, एके-47 कारतूस, .32 पेस्तोल (यूएसए), बफेङ ह्यान्ड हेल्ड सेट, हेलमेट, बुलेटप्रूफ प्लेट, हाई ट्रेजेक्टरी मर्टार र सैन्य वर्दी पुलिसलाई सुम्पिएको छ।

राज्यपाल अजय कुमार भल्लाले जनतालाई हतियार जम्मा गर्न गरेको अपीलले ठूलो प्रभाव पारेको छ। मानिसहरू हतियार राख्दै मुख्यधारामा सामेल भइरहेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande