भारतले एआई अनुसन्धानको निम्ति एक राष्ट्रिय वृहद भाषा मोडल स्थापित गर्ने- प्रधानमन्त्री
पीएम


नयाँ दिल्ली, 05 मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत कृत्रिम बुद्धिमता (एआई) अनुसन्धानको निम्ति एक राष्ट्रिय वृहद भाषा मोडल (एलएलएम) स्थापित गर्ने भनेका छन्। उनले उद्योग जगतलाई यस क्षेत्रमा निवेश गर्नु भने। प्रधानमन्त्रीले भीडियो कन्फ्रेन्सिङको माध्यमले रोजगार सृजनमा बजेटपछि वेबिनारलाई सम्बोधित गरिरहेका थिए। उनले भनेका छन्, यस वर्षको केन्द्रिय बजेटले बलियो कार्यबल र बढ्दो अर्थव्यवस्थाको मार्ग प्रशस्त गर्दछ।

मोदीले भनेका छन्, देशको भविष्य इनोवेशनमा गरिरहेका निवेशबाट निर्धारित हुन्छ। भारतको अर्थव्यवस्थामा एआईले धेरै लाख करोड़ रूपियाँको ग्रोथ दिनसक्छ। भारतले एआईको क्षमताहरूलाई विकसित गर्न राष्ट्रिय वृहद भाषा मोडल (एलएलएम) को स्थापना पनि गर्नेछ। यस दिशामा हाम्रो निजी सेक्टरलाई पनि विश्वभन्दा एक पाइला अगाड़ी रहने आवश्यकता छ। एक विश्वसनीय, सुरक्षित र लोकतान्त्रिक देश जसले एआईमा किफायती समाधान दिनसकोस्, विश्वलाई उसको प्रतिक्षा छ।

प्रधानमन्त्रीले भऩे, मानिसहरू, अर्थव्यवस्था र नवाचारमा निवेश एक यस्तो थीम हो, जसले विकसित भारतको रोडम्यापलाई परिभाषित गर्दछ। यस सालको बजेटमा यसको प्रभाव पनि धेरै ठूलो स्तरमा देखिँदैछ। यसैले यो बजेट भारतको भविष्यको ब्लूप्रिन्ट बनेर अगाड़ी आएको छ। हामीले निवेशमा जतिको बुनियादी ढांचा र उद्योगहरूलाई प्राथमिकता दिएका छौं, उति नै प्राथमिकता मानिसहरू, अर्थव्यवस्था र इनोवेशनलाई पनि दिएका छौं। मानिहरूमा निवेशको विजन शिक्षा, कौशल र स्वास्थ्य सेवा जस्ता तीन स्तम्भमाथि खड़ा हुन्छ। आज भारतको शिक्षा प्रणालीले धेरै दशकपछि कतिको ठूलो परिवर्तन देखिरहेको छ। राष्ट्रिय शिक्षा नीति, आईआईटीको विस्तार, शिक्षामा तकनीकलाई सामेल गर्नु, एआईको प्रयोग र 22 भारतीय भाषामा शिक्षण सामग्री उपलब्ध गराउनु जस्ता ठूला कदम उठाइएको छ।

उनले भने, सरकारले 2014 देखि लिएर अहिलेसम्म 3 करोड़भन्दा धेरै युवाहरूलाई कौशल प्रशिक्षण दिएको छ। हामीले एक हजार आईटीआई संस्थानहरूलाई अपग्रेड गर्ने र 5 सेन्टर अफ एक्सीलेन्स बनाउने घोषणा गरेका छौं। हाम्रो लक्ष्य युवाहरूलाई यस्तो प्रशिक्षण दिनु हो, जसले इन्डस्ट्रीको आवश्यकताहरूलाई पूरा गर्नसकोस्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande