लखनऊ, 05 मार्च (हि.स.)। बहुजन समाज पार्टीकी राष्ट्रिय अध्यक्ष मायावतीले भाई आनन्द कुमारको स्थानमा सहारनपुरका रणधीर बेनीवाललाई नेशनल कोअर्डिनेटरको नयाँ दायित्व देएकी छन्। आनन्दले एक पदमा रहेर कार्य गर्ने इच्छा जाहेर गरेका थिए, जसको मायावतीले स्वागत जनाएकी छन्।
बसपा प्रमुख मायावतीले बुधवार एक्समा पोस्ट गर्दै लेखेकी छन्, लामो समयदेखि निःस्वार्थ सेवा र समर्पणको साथ कार्यरत बीएसपीका राष्ट्रिय उपाध्यक्ष आनन्द कुमार, जसाई अहिले हालमा नेशनल कोअर्डिनेटर पनि बनाइएको थियो, उनले पार्टी र मूभमेन्टको हितको मध्यनजर एक पदमा रहेर कार्य गर्ने इच्छा व्यक्त गरेका छन्, जसको स्वागत छ। यस्तो स्थितिमा आनन्द कुमार पहिले सरह बसपाको राष्ट्रिय उपाध्यक्ष पदमा रहेर सीधा मेरो दिशा-निर्देशनमा पूर्ववत आफ्ना जिम्मेवारीहरू निभाइ रहनेछन्। अब उनको स्थानमा यूपीका जिल्ला सहारनपुर निवासी रणधीर बेनीवाललाई नेशनल कोअर्डिनेटरको नयाँ दायित्व दिइएको छ।
यस प्रकार अब राज्यसभा सांसद रामजी गौतम र रणधीर बेनीवाल यी दुवैले बसपा नेशनल कोअर्डिनेटरको रूपमा सीधा रूपमा मेरो दिशा-निर्देशनमा देशका विभिन्न राज्यहरूको दायित्व सम्हाल्नेछऩ्। पार्टीले आशा राख्दछ कि यिनीहरूले पूरा ईमानदारी र निष्ठको साथ काम गर्नेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी