इम्फाल, 05 मार्च (हि.स.)। पूर्वोत्तरका राज्यहरूका धेरै क्षेत्रहरूमा बुधवार दुई पल्ट भूकम्पको झटका महसूस हुँदा मानिसहरू डराए। भूकम्पको झटका मणिपुर बाहेक असमका गुवाहाटी, नागाल्याण्ड एवं मेघालयका केही हिस्साहरू समेत पूर्वोत्तरका धेरै क्षेत्रहरूमा महसूस गरियो। भूकम्पको कारण अहिलेसम्म कतैबाट ज्यान-मालको नोकसानको कुनै खबर आएको छैन।
मणिपुरको कामजोङ जिल्लामा बुधवार पूर्वाह्न 11.06 बजी भूकम्पको पहिलो झटका महसूस गरियो, जसको तीव्रता रिक्टर स्केलमा 5.6 थियो। यसपछि फेरि 12.20 बजी भूकम्पको झटका महसूस गरियो, जसको तीव्रता रिक्टर स्केलमा 4.3 मापियो।
राष्ट्रिय भूकम्प विज्ञान केन्द्र अनुसार, पहिलो पल्ट आएको भूकम्पको केन्द्र मणिपुरको कामजोङ नजिक 24.75° उत्तरी अक्षांश र 94.35° पूर्वी देशान्तरमा 10 किलोमीटरको गहराईमा थियो। जबकि दोस्रो पल्ट आएको भूकम्पको केन्द्र मणिपुरको कामजोङ नजिक 24.55° उत्तरी अक्षांश र 94.62° पूर्वी देशान्तरमा 78.9 किलोमीटरको गहराईमा थियो।
गुवाहाटी स्थित मौसम विज्ञान केन्द्रले पुष्टि गरेको छ, गुवाहाटी शहर र वरिपरिका क्षेत्रहरूमा झटका महसूस गरियो। भूकम्पको केन्द्र मणिपुरमा थियो, तर असमको गुवाहाटी र मेघालयका केही हिस्साहरूमा पनि तीव्र झटका महसूस गरियो। यस भूकम्पबाट अहिलेसम्म कुनै ज्यान-मालको सूचना पाइएको छैन।
हिन्दुस्थान समाचार / भवानी थामी