नयाँ दिल्ली, 06 मार्च (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले तेलङ्गाना विधान परिषद (एमएलसी) को तीन सीटमध्ये दुईमा जित दर्ता गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका राष्ट्रिय अध्यक्ष नड्डाले विजयी उम्मेदवारहरूलाई बधाई दिएका छऩ्।
तेलङ्गाना र आन्ध्र प्रदेशमा एमएलसी चुनाउ 27 फऱवरीमा भएको थियो र मतहरूको गणना 03 मार्चमा शुरू भयो। मेडक-करीमनगर-आदिलाबाद-निजामाबाद (शिक्षक) निर्वाचन क्षेत्रबाट भाजपाका मलका कोमारैया विजयी भए। करीमनगर-निजामाबाद-आदिलाबाद-मेडक (स्नातक) निर्वाचन क्षेत्रबाट चिन्नामेल अन्जी रेड्डीले जित हासिल गरे। वारंगल-खम्मम-नलगोन्डा शिक्षक एमएलसी चुनाउमा निर्दलीय उम्मेदवार श्रीपाल रेड्डी पिंगिलीले जित हासिल गरे।
प्रधानमन्त्री मोदीले भाजपाको समर्थन गर्नका लागि तेलंगानावासीहरूलाई धन्यवाद दिएका छन्। साथै भाजपा कार्यकर्ताहरूको आभार व्यक्त गरेका छन्। प्रधानमन्त्रीले एक्समा लेखेका छन्, म तेलङ्गानावासीहरूलाई एमएलसी चुनाउहरूमा भाजपाको अभूतपूर्व समर्थनको निम्ति धन्यवाद दिँदछु। हाम्रा नवनिर्वाचित उम्मेदवारहरूलाई बधाई। मलाई आफ्ना पार्टी कार्य़कर्ताहरूमाथि गर्व छ, जसले मानिसहरूबीच गएर कड़ा मेहनत गरिरहेका छन्।
भाजपा अध्यक्ष नड्डाले भाजपा उम्मेदवारहरूको जितमा बधाई दिएका छन्। उनले भऩेका छऩ्, भाजपाको निम्ति मानिसहरूको भारी समर्थन प्रधानमन्त्री मोदीको विकास-संचालित शासनको दृष्टिकोणमा उनीहरूको विश्वासलाई दर्शाउँछ। यो जित एक समृद्ध तेलङ्गानाको निर्माणको दिशामा अझ् एक कदम हो। तेलङ्गानावासीहरूलाई समर्थनको निम्ति आभार। भाजपा तेलङ्गानाका कार्यकर्ताहरूलाई उनीहरूको समर्पण र कड़ा मेहनतको निम्ति धन्यवाद।
हिन्दुस्थान समाचार / भवानी थामी