ध्यान, योग, उपवास निवारक स्वास्थ्य सेवाको प्रमुख घटकः मनसुख मण्डाविया
मन


नयाँ दिल्ली, 06 मार्च (हि.स.)। केन्द्रिय श्रम र रोजगार मन्त्री डा. मनसुख मण्डावियाले ध्यान, योग र उपवास निवारक स्वास्थ्य सेवाको प्रमुख घटक हो भनेका छन्। डा. मण्डाविया हरियाणाको फरीदाबादमा कर्मचारी राज्य बीमा निगम (ईएसआईसी) मेडिकल कलेज एवं अस्पतालको सहयोगले आरोग्य भारतीद्वारा आय़ोजित स्वास्थ्य चुनौतीहरू र स्वस्थ जीवन शैली विषयमाथि आयोजित एक सेमिनारमा बोलिरहेका थिए। यस अगाड़ी उनले ईएसआईसी अस्पतालमा तीन अत्याधुनिक सुविधाहरू डिजिटल मेमोग्राफी, डिजिटल रेडियोग्राफी फ्लोरोस्कोपी सिस्टम र आगामी पीढ़ीको अनुक्रमण अनुप्रयोग सहित उन्नत चिकित्सा सुविधाहरूको लोकार्पण गरे।

डा. मण्डावियाले ईएसआईसी मेडिकल कलेज एवं अस्पतालमा आयुर्वेदका देवता भगवान धन्वन्तरिको प्रतिमाको अनावरण पनि गरे। मण्डावियाले आफ्नो सम्बोधनमा स्वस्थ भारतको निर्माणमा निवारक र संवर्धक स्वास्थ्य सेवाको महत्वमाथि पनि बल दिए। श्रम मन्त्रीले चरक, सुश्रुत र भगवान धन्वन्तरि जस्ता प्राचीन भारतीय चिकित्सा अग्रदूतहरूको ज्ञानको उल्लेख गर्दै भारतको समृद्ध स्वास्थ्य सेवाको विरासतबारे बताए।

यस बाहेक उनले निवारक स्वास्थ्य सेवाका प्रमुख घटकहरूको रूपमा ध्यान, योग र उपवासको महत्वमाथि बल दिए औं समग्र स्वास्थ्यलाई प्रोत्साहन दिनका लागि देशभरिमा स्वास्थ्य शिविर आयोजित गर्नमा आरोग्य भारतीको प्रयासहरूको सराहना गरे। सेमिनारमा डाक्टरहरू, प्यारामेडिक्स, मेडिकल छात्रहरू, औद्योगिक श्रमिकहरू र औद्योगिक संघहरू तथा आरोग्य भारतीका पदाधिकारीहरूको सक्रिय भागीदारी देखियो, जसले निवारक स्वास्थ्य सेवा र समग्र कल्याणप्रति साझा प्रतिबद्धतालाई दर्शाउँछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande