प्रधानमन्त्रीले उत्तराखण्डको मुखवा मन्दिरमा पूजा-अर्चना गरे, उच्च हिमालय क्षेत्रको ट्रेकिङ अभियानहरूलाई फ्याग अफ गरी रचे नयाँ इतिहास
मोदी


उत्तरकाशी, 06 मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको आफ्नो एक दिवसीय दौड़ाहमा आज गंगोत्रीको शीतकालीन प्रवास मुखवा मन्दिरमा पूजा-अर्चना गर्नका साथै हर्षिलदेखि उच्च हिमालय क्षेत्रका अहिलेसम्म अछुतो रहेका नीलपानी-मुलुंगला, जनकताल, जादुंग, मोटर बाइक एवं एटीवी-आरटीवी ट्रेकिङ अभियानहरूलाई फ्याग अफ गरी नयाँ इतिहास रचेका छन्। पहिलो पल्ट उत्तराखण्डको शीतकालीन यात्राले विश्वस्तरमा प्रोत्साहन पाएको छ। यस अवधि प्रधानमन्त्रीले स्वयं सहायता महिला समूहका महिलाहरूसित लखपति दिदी योजनालाई लिएर कुराकानी गरे। यस अवधि महिलाहरूले परम्परागत रासौं तांदीको पनि प्रदर्शन गरे। मुखवा गाउँदेखि प्रधानमन्त्रीले दूरबीनमा हिमालयको दर्शन गरे।

प्रधानमन्त्री बिहान हर्षिल हेलीप्याडमा पुग्दा मुख्यमन्त्री पुष्कर सिंह धामीले उनको स्वागत गरे। प्रधानमन्त्री 9.30 बजी उत्तरकाशी जिल्लाको ग्राम मुखवा स्थित गंगा मन्दिर पुगे। यहाँ स्वस्ति वाचन र पुष्पहार लगाएर उनको स्वागत गरियो। उनले 20 मिनटसम्म गंगा मन्दिरमा श्रीसूक्तले अभिषेक एवं पूजनपछि गंगा लहरीको साथ पूजा-अर्चना गरे औं आरती गरी देशको सुख-समृद्धिको कामना गरे।

पूजा अर्चनापछि प्रधानमन्त्रीले दूरबीनले हिमालयको हिमाच्छादित चोटीहरूको दर्शन गरे। यसपछि प्रधानमन्त्रीले शीतकालीन पर्य़टन र स्थानीय स्वयंसेवी संस्थाहरूको प्रदर्शनीको अवलोकन गरे। महिलाहरूले स्टलमा स्थानीय उत्पादहरू प्रदर्शित गरे। प्रधानमन्त्रीले उत्पादहरूबारे कुराकानी गर्नका साथै उत्तराखण्ड सरकारको लखपति दिदी योजनाबाट पाइऱहेको लाभबारे पनि महिलाहरूसित कुरा गरे। मुखवा गंगा मन्दिरमा महिलाहरूले प्रधानमन्त्री समक्ष उत्तराखण्डको पारम्परिक रासौं नृत्य पनि प्रस्तुत गरे। प्रधानमन्त्रीले लोककलाको सराहना गरे।

गंगा मन्दिरमा पूजा-अर्चनापछि तय कार्यक्रम अनुसार, प्रधानमन्त्री 10.30 बजी हर्षिल पुगे। यहाँ प्रधानमन्त्रीले उच्च हिमालय क्षेत्रका अछुतो ट्रेक नीलापानी-मुलुंगला, जनकताल, जादुंग, मोटर बाइक र एटीवी-आरटीवी ट्रेकिङ अभियानहरूलाई फ्ल्याग अफ गरे। उच्च हिमालय क्षेत्रका यी ट्रेकिङ अभियानहरूको पहिलो पल्ट शुरूआत गरी प्रधानमन्त्रीले उत्तराखण्डको साहसिक खेलहरूलाई एक नयाँ दिशा र सम्भावना दिएका छन्। कार्यक्रममा मुख्यमन्त्री धामी, केन्द्रिय सड़क परिवहन एवं राजमार्ग राज्यमन्त्री अजय टम्टा, सांसद राजलक्ष्मी शाह, राज्यका पर्यटन मन्त्री सतपाल महाराज, गंगोत्री विधायक सुरेश चौहान, भाजपा प्रदेश अध्यक्ष महेन्द्र भट्ट, श्रीपाँच गंगोत्री मन्दिर समितिका सचिव सुरेश सेमवाल आदि उपस्थित रहे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande