प्रधानमन्त्री मोदीले नवसारीमा लखपति दिदीको सम्मान गर्ने
मोदी


अहमदाबाद, 06 मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी आगामी 7 तथा 8 मार्चमा गुजरातको यात्रामा आउनेछन्। यस अवधि प्रधानमन्त्री मोदीले 08 मार्चमा अन्तरराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा नवसारी जिल्लाको दौड़ाह गर्नेछन्। उनको अध्यक्षतामा नवसारी स्थित वाँसी बोरसीमा लखपति दिल्ली सम्मेलनको आय़ोजन हुन गइऱहेको छ। यस कार्यक्रममा प्रधानमन्त्रीको बाहुलीबाट 25 हजारभन्दा धेरै स्वयंसहायता समूहहरूका महिलाहरूलाई 450 करोड़ रूपियाँभऩ्दा अधिकको सहायता दिइनेछ।

उल्लेख्य, देशका महिलाहरूलाई उद्यमिताको निम्ति प्रोत्साहित गरी आर्थिक रूपले आत्मनिर्भर बनाउने एवं उनीहरूको सशक्तिकरण गर्ने उद्देश्यले प्रधानमन्त्री मोदीले 15 अगस्त 2023 मा लखपति दिदी योजनाको शुरूआत गरेका थिए। लखपति दिदीहरू स्वयं सहायता समूहहरूका सदस्य हुन्, जो महिला आत्मनिर्भरताको माध्यमले कृषि, पशुपालन, लघु उद्योग आदि जस्ता विभिन्न आय श्रोतहरूबाट मासिक 10,000 रूपियाँ वा त्यसभऩ्दा अधिक तथा वार्षिक एक लाख रूपियाँ वा त्यसभन्दा बेसी आय अर्जित गर्छन्। गुजरातमा मुख्यमन्त्री भूपेन्द्र पटेलको नेतृत्वमा भएको व्यापक प्रय़ासहरूको कारण आज लगभग एक लाख 50 हजार महिलाहरूको वार्षिक आय एक लाख वा त्यसभऩ्दा माथि पुगेको छ तथा उनीहरू लखपति दिदी बनेका छन्।

नवसारीमा वाँसी बोरसीमा आय़ोजित हुने लखपति दिदी सम्मेलनमा नवसारी, वलसाड तथा डांग जिल्लाहरूका एक लाख महिलाहरूले भाग लिनेछऩ्। यी महिलाहरूमा स्वयं सहायता समूहहरूका ती सदस्य महिलाहरू सामेल हुनेछन्, जो लखपति दिदी बनेका छऩ् वा बन्ने इच्छुक छन्। चयन गरिएका 10 लखपति दिदीहरूको साथ प्रधानमन्त्री मोदीले संवाद गर्नेछन् औं 5 लखपति दिदीलाई प्रमाणपत्र प्रदान गरी सम्मानित गर्नेछऩ्। यस बाहेक गुजरातमा लखपति दिदी योजना अन्तर्ग जुन प्रगति भएको छ, त्यसलाई दर्शाउने एक फिल्म पनि यस कार्यक्रममा देखाइनेछ। यसका साथै कार्यक्रममा दुई महत्वपूर्ण ‘राज्य विशिष्ट योजनाहरू’ पनि लाञ्च गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande