प्रधानमन्त्रीले उत्तराखण्डको पर्यटन क्षेत्रमा विविधता ल्याउनमाथि जोड दिए, भने- कुनै अफ सीजन हुनु हुँदैन
पीएम


नयाँ दिल्ली, 06 मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डमा कुनैपनि मौसम अफ सीजन हुनु हुँदैन र पर्य़टन यहाँ हरेक मौसममा चालू रहनुपर्ने भनेका छऩ्। उनले राज्यमा बाह्रमासी पर्यटनलाई प्रोत्साहन दिनका लागि उत्तराखण्डको हर्षिलमा ट्रेक र बाइक ऱ्यालीलाई हरियो झण्डा देखाएपछि शीतकालीन पर्यटन कार्यक्रममा सामेल भए।

प्रधानमन्त्रीले उत्तरकाशी जिल्लाको हर्षिलमा उपस्थित मानिसहरूलाई सम्बोधित गरे। उनले माणा गाउँमा गएको हिमस्खलनको घटनामा गहिरो शोक व्यक्त गरे औं दुर्घटनामा ज्यान गुमाउनेहरूका परिवारहरूप्रति आफ्नो समवेदना व्यक्त गरे। उनलने संकटको यस क्षणमा देशवासी प्रभावित परिवारहरूको साथ एकजुटताको साथ खड़ा छन् भने।

प्रधानमन्त्रीले भऩेका छऩ्, पर्यटन क्षेत्रमा विविधता ल्याउनु र यसलाई सालभरि चल्ने गतिविधि बनाउनु उत्तराखण्डको निम्ति महत्वपूर्ण र आवश्यक छ। उत्तराखण्डमा कुनै अफ-सीजन हुनु हुँदैन र पर्यटनलाई हरेक मौसममा जारी राख्नुपर्छ। वर्तमानमा पहाड़हरूमा पर्यटन सीजन छ, जसमा मार्च, अप्रेल, मई र जूनमा पर्यटकहरूको खासै राम्रो आगमन हुन्छ। यद्यपि, यसपछि पर्यटकहरूको संख्यामा भारी ह्रास हुन्छ, जसबाट सर्दीहरूमा अधिकांश होटल, रिसोर्ट र होमस्टे खाली हुन्छन्। यस असन्तुलनको कारण उत्तराखण्डमा सालको एक ठूलो हिस्सामा आर्थिक स्थिरता बनिरहन्छ र पर्यावरणको निम्ति पनि चुनौती उत्पन्न हुन्छ।

मोदीले धेरै देशहरूमा शीतकालीन पर्य़टनको लोकप्रियतालाई ऱेखांकित गरे औं यसमाथि जोड दिए कि उत्तराखण्डले आफ्नो शीतकालीन पर्यटनलाई प्रोत्साहन दिनको निम्ति उनीहरूको अनुभवहरूबाट सिक्नसक्छ। उनले उत्तराखण्डको पर्यटन क्षेत्रका सबै हितधारकहरू, होटल र रिसोर्ट मालिकहरूसित यी देशहरूको मोडलको अध्ययन गर्ने आग्रह गरे। उनले उत्तराखण्ड सरकारसित यस्ता अध्ययनहरूबाट प्राप्त कारबाही योग्य बिन्दूहरूलाई सक्रिय रूपम लागू गर्ने आह्वान गरे। उनले स्थानीय परम्पराहरू, संगीत, नृत्य र व्यञ्जनहरूलाई प्रोत्साहन दिने आवश्यकतामाथि जोड दिए। उनले भने, उत्तराखण्डको गरम झरनाहरूलाई वेलनेस स्पामा विकसित गर्नसकिन्छ र शान्त, हिउँले ढाकेका क्षेत्रहरूमा शीतकालीन योग रिट्रीटको मेजबानी गर्नसकिन्छ। उनले योग गुरूहरूसित उत्तराखण्डमा सालाना योग शिविर आयोजित गर्ने आग्रह गरे। उनले उत्तराखण्डको एक विशिष्ट पहिचान स्थापित गर्न सर्दीहरूको मौसममा विशेष वन्यजीव सफारीको आयोजनको पनि सुझाउ दिए। उनले यी लक्ष्यहरूलाई प्राप्त गर्नका लागि 360 डिग्री दृष्टिकोण अपनाउने र हरेक स्तरमा काम गर्नमाथि जोड दिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande