राष्ट्रपतिले राष्ट्रपति भवनमा 'विविधताको अमृत महोत्सव' उद्घाटन गरिन्
राष्ट्र


नयाँ दिल्ली, 06 मार्च (हि.स.)। रायसीनाका पहाड़हरूमा स्थित भारतको आन-बान-शान र वैभवको प्रतीक राष्ट्रपति भवनमा आजदेखि 09 मार्चसम्म दक्षिणका राज्यहरूको बहुरंग देख्न पाइनेछ। सबैको निम्ति प्रवेश निःशुल्क रहनेछ। जनता बिहान 10 बजी पुगेर राति 8 बजीसम्म 'विविधताको अमृत महोत्सव' को यस खुशियालीमा ढुक्क सामेल हुनसक्छन्। प्रवेश राष्ट्रपति भवनको गेट नम्बर 35 बाट हुनेछ।

राष्ट्रपति द्रौपदी मुर्मूले बुधवार 'विविधताको अमृत महोत्सव' को दोस्रो संस्करणको उद्घाटन गरिन्। उनले भनिन्, यस आयोजनको माध्यमले मानिसहरूलाई दक्षिण भारतको कला र संस्कृतिबारे थाहा लाग्नेछ। राष्ट्रपति भवनमा यस कार्यक्रमको माध्यमले कर्नाटक, केरल, तमिलनाडू, तेलङ्गाना, आन्ध्र प्रदेश, लक्षद्वीप र पुडुचेरीको समृद्ध विरासत र जीवन्त संस्कृतिहरू हेर्ने र बुझ्ने अवसर मिल्नेछ।

राष्ट्रपतिले भनिन्, लगभग 500 कारीगर र बुनकरले यस उत्सवमा हिस्सा लिइरहेका छन्, यो सुनेर उनलाई धेरै खुशी लागेको छ। यस आयोजनलाई पूर्वोत्तर, दक्षिणी, उत्तरी, पूर्वी, पश्चिमी र मध्य क्षेत्रहरू तथा केन्द्रशासित प्रदेशहरूलाई समर्पित सात अलग-अलग संस्करणहरूमा विभाजित गरिएको छ। यस उत्सवका आयोजक संस्कृति मन्त्रालय, कपड़ा मन्त्रालय, जनजातिय मामिलाहरूको मन्त्रालय, पर्यटन मन्त्रालय र सम्बन्धित राज्य हुन्। यस महोत्सवले यी राज्यहरूका कलाकारहरू, कारीगरहरू, लेखकहरू र पाक विशेषज्ञहरूलाई सांस्कृतिक प्रदर्शनहरू, हस्तशिल्प र हथकरघा प्रदर्शनी, साहित्यिक परिक्षेत्र, सूचनात्मक कार्यशालाहरू, फूड कोर्ट आदिको माध्यमले आफ्नो प्रतिभा देखाउनका लागि एक मंच पनि प्रदान गर्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande