सिरोही, 06 मार्च (हि.स.)। राजस्थानको सिरोही जिल्लाको आबूरोडमा आज बिहान दुर्घटनामा एक परिवारका छह सदस्यको मृत्यु भयो। दुर्घटनामा परिवारको एक महिला गम्भीर रूपमा घाइते भइन्। दुर्घटना बिहानै लगभग 3 बजी किवरली नजिक त्यस समय भयो, जब एक तीव्र रफ्तार कार ट्रलीसित ठोकियो। ठक्कर यति भीषण थियो कि कार पूर्ण रूपमा क्षतिग्रस्त भयो र ट्रलीमुनि पस्यो।
माउन्ट आबू सीओ गोमाराम अनुसार, ठक्कर यति भीषण थियो कि वरिपरिका क्षेत्रमा तीव्र धमाकाको आवाज आयो। हाइवेमा पेट्रोलिङ गरिरहेको पुलिस भ्यानले तुरन्तै प्रतिक्रिया दियो र घटनास्थलमा पुगेर राहत कार्य शुरू गऱ्यो।
पुलिसले भन्यो, घटनास्थलमा चार जनाको मृत्यु भयो जबकि अन्य दुईले अस्पतालमा अन्तिम सास लिए। दुर्घटनापछि पुलिसले तुरन्तै बचाउ अभियान शुरू गऱ्यो तर कार पूर्ण रूपमा क्षतिग्रस्त भएको कारण शव भित्रै फंसेको थियो। क्रेनको मद्दतले ट्रलीमा फंसेको कारलाई बाहिर निकालियो र दैलो भत्काएर घाइतेहरूलाई निकालियो। लगभग 40 मिनटको अथक प्रय़ासपछि शवहरूलाई बाहिर निकालेर मोर्चरी पठाइयो।
दुर्घटनामा जालोर जिल्ला निवासी नारायण प्रजापत (58) पुत्र नरसाराम, उनकी पत्नी पोशी देवी (55), छोरा दुष्यन्त (24), चालक कालूराम (40) पुत्र प्रकाश चान्दराई, उनका छोरा यशराम (4) र जयदीप पुत्र पुखराज प्रजापतको मृत्यु भयो। जयदीपकी आमा दरिया देवी (35) गम्भीर रूपमा घाइते भइन्, जसलाई अस्पतालमा भर्ती गराइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी