राष्ट्रपति भवनमा आजदेखि 'विविधताको अमृत महोत्सव' शुरू, 9 मार्चसम्म चल्ने
राष्ट्रपति भवनमा आजदेखि 'विविधताको अमृत महोत्सव' शुरू


नयाँ दिल्ली, 06 मार्च (हि.स.)। रायसीना पहाडमा अवस्थित भारतको गौरव र भव्यताको प्रतीक राष्ट्रपति भवनमा आजदेखि 9 मार्चसम्म दक्षिण राज्यहरूको बहुरंगी संस्कृति अवलोकन गर्न पाइनेछ। सर्वसाधारणले बिहान 10 बजीदेखि बेलुका 8 बजीसम्म यहॉं 'विविधताको अमृत महोत्सव' को आनन्द लिन सक्नेछन्। प्रवेश राष्ट्रपति भवनको गेट नम्बर 35 बाट हुनेछ।

राष्ट्रपति द्रौपदी मुर्मुले बुधवार 'विविधताको अमृत महोत्सव' को दोस्रो संस्करणको उद्घाटन गरिन्। उनले यस कार्यक्रम मार्फत मानिसहरूले दक्षिण भारतको कला र संस्कृतिको बारेमा जान्न पाउने बताएकी छन्। राष्ट्रपति भवनमा हुने यस कार्यक्रम मार्फत कर्नाटक, केरला, तमिलनाडु, तेलंगाना, आन्ध्र प्रदेश, लक्षद्वीप र पुडुचेरीको समृद्ध सम्पदा र जीवन्त संस्कृतिहरू हेर्ने र बुझ्ने अवसर प्राप्त हुनेछ।

राष्ट्रपतिले महोत्सवमा लगभग 500 कारीगर र बुनकरहरू सहभागी भइरहेकोमा खुशी व्यक्त गरिन्। यो कार्यक्रम उत्तर-पूर्व, दक्षिण, उत्तर, पूर्व, पश्चिम र मध्य क्षेत्रहरू र केन्द्र शासित प्रदेशहरूलाई समर्पित सात विभिन्न संस्करणहरूमा विभाजित गरिएको छ। महोत्सवका आयोजकहरू संस्कृति मन्त्रालय, कपडा मन्त्रालय, जनजाति मामिला मन्त्रालय, पर्यटन मन्त्रालय र सम्बन्धित राज्यहरू हुन्।

यस महोत्सवले यी राज्यहरूका कलाकार, शिल्पकार, कलाकार, लेखक र पाककला विज्ञहरूलाई सांस्कृतिक प्रदर्शन, हस्तकला र हस्तशिल्प प्रदर्शनी, साहित्यिक एन्क्लेभ, सूचनात्मक कार्यशाला, फूड कोर्ट, आदि मार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्न मंच प्रदान गर्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande