लखनऊ, 06 मार्च (हि.स.)। उत्तर प्रदेशका पुलिस महानिदेशक (डीजीपी) प्रशान्त कुमारले महाकुम्भमा बब्बर खालसाको संदिग्ध आतङ्की लाजर मसीह ठूलो घटनाको तयारीमा थियो भनेका छन्। पक्रा परेपछि सोधपुछमा लाजरले बतायो कि उ पाकिस्तानमा बसेका तीन आईएसआई एजेन्टको सम्पर्कमा थियो। घटना टुङ्ग्याएपछि आतङ्की लाजर पुर्तगाल जाने तयारीमा थियो। यसका केही साथी पुर्तगालमा बस्छन्। कौशाम्बीमा पक्रा पर्न अगाड़ी उ लखनऊ र कानपुरमा लुकेर बसिरहेको थियो।
पुलिस महानिदेशकले बिहिवार पुलिस मुख्यालयमा भने, मुख्यमन्त्री योगी आदित्यनाथको नेतृत्वमा अपराध र अपराधीहरूप्रति जीरो टलरेन्समाथि काम भइऱहेको छ। महाकुम्भ अगाड़ी देश विदेशमा बसेका खास मानिसहरूबाट गड़बड़ीको सूचना यूपी पुलिसले पाएको थियो। यही क्रममा एक महत्वपूर्ण सफलता उत्तर प्रदेश एफटीएफलाई हिजो राति हात लागेको छ। यो कारबाही यूपी एसटीएफ र पञ्जाब पुलिसको संयुक्त अभियानमा गरियो। गाजियाबादबाट फर्जी आधार कार्ड बनाउने लाजरबारे पञ्जाब पुलिसको तर्फबाट जानकारी पाइएको थियो।
उनले भऩे, हीरोइनको तस्करीमा आतङ्की लाजर पञ्जाबको जेलमा गएको थियो। झेलमा मारपीटमा घाइते भएपछि आतङ्की अस्पतालमा भर्ती थियो। त्यहाँबाट उ 24 सेप्टेम्बर 2024 मा भागेको थियो। 23 अक्टोबर 2024 बब्बर खालसाको सम्पर्कमा आएपछि उसले एक हत्या गरेको थियो र तबदेखि लुकेर बसिरहेको थियो। महाकुम्भमा यूपी पुलिसको कुना-कुनामा पुलिसकर्मीको तैनातीको कारण आतङ्की लाजरले आफ्नो योजनालाई पूरा गर्नसकेन।
यूपी एसटीएफ र पञ्जाब पुलिसको संयुक्त अभियानमा कौशाम्बी जिल्लाबाट बब्बर खालसा इन्टरनेशनल (बीकेआई) सित सम्बन्ध राखअने आतङ्की लाजर मसीह पञ्जाबको अमृतसरको रामदास क्षेत्रको कुर्लियान गाउँको बासिन्दा हो। लाजर मसीहलाई बिहिवार बिहान कौशाम्बी जिल्लाको कोखराज क्षेत्रबाट पक्राउ गरियो। एसटीएफलाई संदिग्ध आतङ्कीदेखि तीन ह्याण्ड ग्रेनेड, दुई डेटोनेटर, एक विदेशी पेस्तोल नोरिन्को एम-54 टोकरेव (यूएसएसआर) का साथै विदेशमा निर्मित 13 कारतूस जफत भएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी