नयाँ दिल्ली, 06 मार्च (हि.स.)। राष्ट्रिय मानवाधिकार आयोग (एनएचआरसी) ले एक मीडिया रिपोर्टको स्वतः संज्ञान लिएको छ, जसमा एक गाउँको मुखियाले एक परिवारका सबै सदस्यहरूलाई बहिष्कृत गरे। यस परिवारले तमिलनाडूको तेनकासी जिल्लाको संबावरवदकरई शहरमा भूमि अतिक्रमणलाई लिएर एक व्यक्ति विरूद्ध कानूनी लड़ाई शुरू गरेको थियो। यस परिवारको समर्थन गर्दा अन्य सात परिवारलाई पनि बहिष्कृत गरियो। बहिष्कार विरूद्ध जिल्ला कलेक्टरको कार्यालय सामू विरोध प्रदर्शन गर्दा पुलिसले कथित रूपमा 8 परिवारका 30 जनालाई पक्राउ गरेको थियो।
आयोगले यदि समाचार रिपोर्टको सामग्री सत्य हो भने यो पीड़ित परिवारहरूको मानवाधिकारहरूको उल्ल्ङ्घनको गम्भीर मुद्दा पाएको छ। यसैले आय़ोगले तमिलनाडूमा तेनकासीका जिल्ला कलेक्टरलाई नोटिस जारी गरी दुई हप्ताभित्र विस्तृत रिपोर्ट मागेको छ।
20 फऱवरी 2025 मा प्रसारित मीडिया रिपोर्ट अनुसार, पीड़ित परिवारहरूलाई स्थानीय दोकानहरू, अन्य सुविधाहरूसम्म पुग्ने र अन्य निवासीहरूको साथ संवाद गर्नदेखि रोकिएको थियो। कथित रूपमा राजस्व प्रभागीय अधिकारीले ग्राम प्रधान विरूद्ध कारबाही गर्नको साटो उसको निर्देशहरूलाई रद्द गर्नुको निम्ति उसको साथ शान्ति वार्ता आयोजित गरे तर कुनै फायदा भएन।
हिन्दुस्थान समाचार / भवानी थामी