केन्द्र सरकारले प्रत्येक राज्यको भाषालाई महत्व दिइरहेकाे छ: अमित शाह
शाह


रानीपेट (तमिलनाडू), 07 मार्च (हि.स.)। केन्द्रिय गृह मन्त्री अमित शाहले शुक्रवार केन्द्रिय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) समारोहलाई सम्बोधित गर्दै तमिलनाडूको संस्कृतिले भारतको सांस्कृतिक धारालाई मजबुत गर्नमा महत्वपूर्ण भूमिका निभाएको भनेका छन्। चाहे प्रशासनिक सुधार होस्, आध्यात्मिक उचाईहरूलाई प्राप्त गर्नु होस्, शिक्षा वा राष्ट्रको एकता र अखण्डता होस्, तमिलनाडूले हरेक क्षेत्रमा भारतीय संस्कृतिलाई मजबुत बनाएको छ, उनले भने।

केन्द्रिय गृहमन्त्री शाह आज चेन्नईदेखि लगभग 70 किमी टाढ़ा रानीपेट जिल्लामा आयोजित सीआईएसएफको 56औं वर्षगाठ समारोहमा सामेल भए। उनले भऩे, केन्द्र सरकारले प्रत्येक राज्यको भाषालाई महत्व दिइऱहेको छ। नरेन्द्र मोदी नेतृत्व सरकारले धेरै बदलाव गऱ्यो र सीआईएसएफको उम्मेदवारले आ-आफ्नो क्षेत्रीय भाषाहरूमा परीक्षा दिनसक्ने सुनिश्चित गऱ्यो। प्रधानमन्त्री मोदी नेतृत्व सरकारले सुनिश्चित गरेको छ कि परीक्षामा उत्तर पुस्तिका तमिलमा पनि लेख्न सकियोस्। म तमिलनाडूका मुख्यमन्त्रीसित छात्रहितमा राज्यमा तमिलमा इन्जीनियरिङ र मेडिकल शिक्षा शुरू गर्ने अपील गर्दछु।

शाहले भने, प्रधानमन्त्री मोदीले 2047 सम्म भारतलाई महाशक्ति बनाउने संकल्प लिएका छन्। प्रधानमन्त्री मोदीले 2027 सम्म भारतलाई विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था बनाउनका लागि कदम उठाइरहेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande