नयाँ दिल्ली, 07 मार्च (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रवार सिविल सेवा अधिकारीहरूलाई जलवायु परिवर्तन र पर्यावरण क्षरणको चुनौतीहरूको सामना गर्न पर्यावरण अनुकूल पहलहरूलाई प्रोत्साहन दिनु आवश्यक छ भनेकी छन्। विकासको लाभ समाजको सबै वर्गहरू, विशेष गरी वञ्चितहरू र अन्तिम पंक्तिमा खड़ा मानिसहरूसम्म पुग्नुपर्ने उनले बताइन्।
एलबीएसएनएएमा 126औं प्रेरणा प्रशिक्षण कार्यक्रममा भाग लिइरहेका राज्य सिविल सेवा अधिकारीहरूले आज राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूलाई भेटे। यस अवधि उनले अधिकारीहरूसित आफ्नो कामकाजमा स्थिरता र समावेशिताका सिद्धान्तहरू बनाई राख्ने आग्रह गरिन्।
यस अवसरमा राष्ट्रपतिले अधिकारीहरूलाई उनीहरूको पदोन्नति र भारतीय प्रशासनिक सेवामा सामेल हुँदा बधाई दिइन्। उनले भनेकी छन्, अधिकारीहरूले आफ्नो नयाँ भूमिकामा अरूहरूलाई प्रेरित गर्नुपर्छ र उदाहरण पेश गर्नुपर्छ तथा आफ्ना वरपरका मानिसहरूलाई सार्वजनिक सेवामा उत्कृष्टताको निम्ति प्रयास गर्नका लागि प्रेरित गर्नुपर्छ। राष्ट्रपतिले उनीहरूलाई प्रशासनिक कामकाज र सरकारी नीतिहरू र कार्यक्रमहरूको कार्यान्वयनमा राष्ट्रिय र समावेशी दृष्टिकोण अपनाउने सुझाउ दिइन्।
राष्ट्रपतिले भनिन्, शासनको सार मानिसहरूको आवश्यकताहरूप्रति जवाफदेही र संवेदनशीलतामा निहित छ। नागरिक-केन्द्रित प्रशासन मानिसहरूको कल्याणलाई प्राथमिकता दिँदछ, गरीबहरू र वञ्चितहरूमाथि ध्यान केन्द्रित गर्दछ। उनले अधिकारीहरूलाई यो सुनिश्चित गर्नका लागि सुझाउ दिइन् कि नीतिहरू र कार्य़क्रमहरूलाई यस प्रकारले लागू गरियोस्, जसबाट उनीहरूको चिन्ताहरूको प्रभावी तरीकाले समाधान होस्। उनीहरूले जुन निर्णय़ लिन्छन् र जुन नीतिहरू लागू गर्छन्, त्यसबाट हाम्रो देश र मानिसहरूको विकासमा योगदान पाउनुपर्छ।
हिन्दुस्थान समाचार / भवानी थामी