हैदराबादमा मत्स्य पालन स्टार्टअप कन्क्लेव 2.0 को आयोजन भोली
फिस


नयाँ दिल्ली, 07 मार्च (हि.स.)। केन्द्रिय मत्स्य पालन, पशुपालन र डेयरी मन्त्रालय अन्तर्गत मत्स्य पालन विभागले शनिवार तेलंगानाको राजधानी हैदराबादमा मत्स्य पालन स्टार्टअप कन्क्लेव 2.0 को आयोजन गरिरहेको छ। यस कार्यक्रममा केन्द्रिय मत्स्य पालन, पशुपालन एवं डेयरी मन्त्री राजीव रंजन सिंह उर्फ ललन सिंह, राज्यमन्त्री जर्ज कुरियन र राज्यमन्त्री प्रो. एसपी सिंह बघेल सामेल हुनेछन्। यस कार्यक्रममा सरकारी अधिकारी, मत्स्य पालन स्टार्टअप र उद्यमी पनि सामेल हुनेछन्।

स्टार्टअप कन्क्लेव 2.0 मत्स्य पालन क्षेत्रमा नवाचारमाथि चर्चा र त्यसलाई प्रोत्साहन दिन प्रमुख हितधारकहरूलाई एकसाथ ल्याउनेछ। यस क्षेत्रमा ई-कमर्स सम्भावनाहरूका साथै मत्स्य पालन र जलीय कृषिमा स्टार्टअप अवसरहरूमाथि विचार-विमर्श पनि गरिनेछ। स्टार्टअप कन्क्लेव 2.0 मा राष्ट्रिय मत्स्य पालन डिजिटल प्लेटफर्म (एनएफडीपी) मोबाइल ऐपको शुभारम्भ पनि हुनेछ, जुन मत्स्य पालनसित सम्बन्धित सेवाहरू र संसाधनहरूसम्म डिजिटल पहुँचलाई सुव्यवस्थित गर्ने उद्देश्यले एक परिवर्तनकारी पहल हो। तकनीकी प्रतिक्रिया र वार्ता सत्र भारतमा मत्स्य पालन पारिस्थितिकी तन्त्र र राष्ट्रिय मत्स्य विकास बोर्ड र भारतीय कृषि अनुसन्धान परिषदद्वारा गरिएको प्रमुख पहलहरूमा गहन चर्चाको निम्ति एक मंच प्रदान गर्नेछ। साथै मत्स्य पालन स्टार्टअपद्वारा अनुभव साझा गरिनेछ।

मन्त्रालय अनुसार, भारतको मत्स्य पालन र जलीय कृषि क्षेत्रले 3 करोड़ आजीविकालाई बनाई राख्दछ र मूल्य श्रृंखलामा रोजगारलाई प्रोत्साहन दिँदछ। 2015 देखि सरकारले सतत विकासलाई प्रोत्साहन दिन ब्लू रिवोल्यूशन स्कीम, एफआईडीएफ, पीएमएमएवाई, पीएम-एमकेएसएसवाई जस्ता पहलहरूको माध्यमले ₹38,572 करोड़को निवेश गरेको छ। भारतको मत्स्य पालन र जलीय कृषि क्षेत्रमा तीव्र विकासले 300 भऩ्दा धेरै मत्स्य पालन स्टार्टअपको उदयलाई प्रोत्साहन दिएको छ, जसबाट नवाचार र दक्षताले प्रोत्साहन दिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande