आईआईटी दिल्लीले 22 मार्चमा यूजी-पीजी छात्रहरूका लागि अन्वेषण कार्यक्रम आयोजित गर्ने
आईटी


नयाँ दिल्ली, 07 मार्च (हि.स.)। भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) दिल्लीले आगामी 22 मार्चमा आफ्नो हौजखास परिसरमा ‘अन्वेषण: इनोवेशन एण्ड एक्सप्लोरेशन एक्रस डिसिप्लिन’ नामक एक कार्यक्रम आयोजित गर्नेछ। यो कार्यक्रम विशेष रूपमा यूजी र पीजी छात्रहरूका लागि हो, जसले आईआईटी दिल्लीमा उच्च शिक्षा वा शोध गराउनमा रूचि राख्छन्।

आईआईटी दिल्लीमा अकादमिक डीन प्रो. नारायणन डी कुरूरले शुक्रवार भनेका छन्, यो आईआईटी दिल्लीको एक अनौठो पहल हो, जसले स्नातकोत्तर र पीएचडी कार्यक्रमहरूलाई अगाड़ी बढ़ाउने इच्छुक स्नातक र परास्नातक छात्रहरूलाई आईआईटी दिल्लीमा शैक्षणिक र गैर-शैक्षणिक जीवनको झलक पाउने अवसर प्रदान गर्दछ। आईआईटी दिल्लीको संकाय सदस्यहरूद्वारा विभिन्न विषयहरूमा सत्र आय़ोजित गरिनेछ र विभिन्न छात्र तकनीकी क्लबहरूको गतिविधिहरूलाई प्रदर्शित गर्ने इन्टरेक्टिव सत्र हुनेछ।

उनले भनेका छन्, यस कार्यक्रमको उद्देश्य कलेजका छात्रहरूबीच शोध रूचिलाई प्रोत्साहन दिनु र उनीहरूलाई करियर विकल्प बनाउनमा मद्दत गर्नु हो। म सर्वश्रेष्ठ र प्रतिभाशाली मानिसहरूको साथ बातचित गर्ने यस अवसरको लाभ उठाउने आशा बोकेका छात्रहरूको उत्साही भागीदारीको आशा राख्दछु।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande