पारले बिस्किट कम्पनीका धेरै ठेगानाहरूमा आयकर विभागको छापा
पारले


मुम्बई, 07 मार्च (हि.स.)। आयकर विभागको टीमले मुम्बई पारले बिस्किट कम्पनीका धेरै ठेगानाहरूमा शुक्रवार बिहानैदेखि एकसाथ छामा माऱ्यो। यो छापामारी आयकर विभागको फरेन असेट यूनिट र मुम्बईको इनकम ट्याक्स इन्वेस्टिगेशन विङको तर्फबाट गरिएको हो।

यस छापामारीको अधिकृत ब्योरा आयकर विभागले दिएको छैन तर सूत्रहरू अनुसार, पारले बिस्किट कम्पनीमा आर्थिक अनियमितताको शिकायत आयकर विभागले पाएको थियो। यसैको आधारमा आज बिहानै आयकर विभागको टीम र फरेन असेटको टीमले विलेपार्ले स्थित पारले कम्पनीको साथ मुम्बईमा लगभग 14 ठेगानामा एकसाथ छापा मारेको छ र यी ठाउँहरूमा कागजपत्रको छानबीन गरिरहेको छ।

देश आजाद हुन अगाड़ी साल 1929 मा पारले बिस्किट कम्पनीको स्थापना गरिएको थियो। तबदेखि आजसम्म कम्पनीले आफ्नो विश्वसनीयता बनाइ राखेको छ। कम्पनीमा आर्थिक अनियमितताको शिकायत आएपछि आयकर विभागले यस कम्पनीको दस्तावेजको जाँच गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande