नयाँ दिल्ली, 07 मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले जन औषधि दिवस (07 मार्च) को अवसरमा शुक्रवार सबै नागरिकहरूलाई उच्च गुणवत्ताको किफायती दवाईहरू उपलब्ध गराउने तथा स्वस्थ र फिट भारत सुनिश्चित गर्न सरकारको प्रतिबद्धता दोहोराए।
प्रधानमन्त्रीले एक्स पोस्टमा भऩेका छन्, जन औषधि दिवसले मानिहरूलाई उच्च गुणवत्ताको र सस्तो दवाईहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई दर्शाउँछ, जसबाट एक स्वस्थ र फिट भारत सुनिश्तित हुन्छ। यसले यस दिशामा उठाइएको कदमहरूको एक झलक प्रस्तुत गर्दछ।
उल्लेख्य, हरेक साल 07 मार्चमा 'जन औषधि दिवस' मनाइँछ ताकि यस योजनाबारे जागरूकता बढ़ाउन सकियोस् र जेनेरिक दवाईहरूको प्रयोगलाई प्रोत्साहित गर्नसकियोस्। यस पहललाई समर्थन दिनका लागि 01 देखि 07 मार्चसम्म पूरा देशमा सप्ताहभऱि कार्यक्रम आयोजित गरिन्छ।
प्रधानमन्त्री भारतीय जन औषधि परियोजना (पीएमबीजेपी) लाई 2008 मा रसायन एवं उर्वरक मन्त्रालयको फार्मास्यूटिकल्स विभागद्वारा केन्द्रिय फार्मा सार्वजनिक क्षेत्रको उपक्रमरूको सहयोगले लाञ्च गरिएको थियो। यस पहलको उद्देश्य प्रधानमन्री र भारतीय जनऔषधि केन्द्र नामक समर्पित दोकानहरूको माध्यमले जनतालाई सस्तो दरमा गुणवत्तापूर्ण दवाईहरू उपलब्ध गराउनु हो।
हिन्दुस्थान समाचार / भवानी थामी