रणवीर इलाहाबादियाले आपत्तिजनक टिप्पणीको निम्ति एनसीडब्ल्यू सामू मागे माफी, आयोगले फसेला राख्यो सुरक्षित
रणवीर इलाहाबादियाले आपत्तिजनक टिप्पणीको निम्ति एनसीडब्ल्यू सामू मागे माफी, आयोगले फसेला राख्यो सुरक्षित


नयाँ दिल्ली, 07 मार्च (हि.स.)। यूट्यूबर रणवीर इलाहाबादिया र अपूर्वा मखीजाले ‘‘इण्डियाज गट लेटेन्ट’’ मा गरिएको आफ्नो आपत्तिजनक टिप्पणीहरूलाई लिएर राष्ट्रिय महिला आयोगसित लिखितमा माफी मागेका छन्। यस मामिलामा आयोगले आफ्नो फसेला सुरक्षित राखेको छ र सुनवाईको निम्ति आय़ोगले रणवीर इलाहाबादिया सहित सबै प्रतिभागीहरूलाई फेरि बोलायो। मिति अहिले तय गरिएको छैन। आयोगकी अध्यक्ष विजया रहाटकरे शुक्रवार यो जानकारी दिइन्।

विजया रहाटकरले आफ्नो आवासमा आयोजित प्रेसवार्तामा भनिन्, रणवीर इलाहाबादिया सहित चार जना बिहिवार आय़ोग सामू पेश भए। शो- मा उनीहरूले जुन प्रकारले अश्लीस भाषाको प्रयोग गरे, त्यो एकदमै अशोभनीय हो। आयोगले यसलाई कहिलेपनि स्वीकार गर्नेछैन। यस्तो भाषाको प्रयोग न त मानिसहरूलाई स्वीकार्य छ न त आयोगलाई। आय़ोगले यसको कड़ा निन्दा गर्दछ। यसको सामाजिक प्रभावलाई ध्यानमा राख्दै आयोगले तुरन्तै यसको संज्ञान लिएको छ र हामीले उनीहरूलाई नोटिस जारी गऱ्यौं।

विजया रहाटकरले भनिन्, नोटिस अन्तर्गत बिहिवार रणवीर इलाहाबादिया आयोग सामू पेश भए। जब उनी हिजो आए तब उनले आफ्नो शब्दहरूमा खेद व्यक्त गरे। उनले यो पनि भने कि उनीबाट गलती भएको छ। उनले आयोग सामू माफी मागे। उनले भने, उनले भविष्यमा यस्तो कुनै गलती गर्नेछैनन्। उनले आफ्नो शब्दहरूको ध्यान राख्नेछन्, जसबाट कसैलाई आघात पुग्नेछैन। उनले बोल्न अगाड़ी सोच्नेछन्। यस्तो उनले पहिलो र अन्तिम पल्ट गरेका छन्। रणवीर इलाहाबादिया र अन्यले भने, उनीहरूले जे भनेका छन्, त्यसलाई फिर्ता लिन मिल्दैन तर उनीहरूले शो- मा आफ्नो शब्दहरूको ध्यान राख्ने प्रय़ास गर्नेछन् र महिलाहरूको सम्मानको कुरा गर्नेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande