उप्रको सम्भलमा जुमेमा कुना-कुनामा सुरक्षाकर्मी तैनात
जुमा


सम्भल, 07 मार्च (हि.स.)। उत्तर प्रदेशको सम्भल जिल्लामा शुक्रवार जुमेको नमाजलाई लिएर विशेष सतर्कता अपनाइँदैछ। विवादित स्थल जामा मस्जिदका वरपर भारी संख्यामा सुरक्षाकर्मी तैनात गरिएका छऩ्। क्षेत्रका सबै संवेदनशील चौक-बजारहरूमा सुरक्षाको दृष्टिले विशेष सतर्कता अपनाइँदैछ।

पुलिस अधीक्षक कृष्ण कुमारले मीडियाकर्मीहरूली भने, विवादित स्थलमा जुमेको नमाजलाई शान्तिपूर्ण तरीकाले सम्पन्न गराउनका लागि थ्री लेयरको सुरक्षा व्यवस्था गरिएको छ। संदिग्ध व्यक्तिहरूमाथि सीसीटीवी क्यामराले नजर राखिँदैछ। पुलिस बल र पीएसीको तैनाती गर्दै प्रशासनिक अधिकारीहरूको साथ सबै मजिस्ट्रेटलाई अलर्ट मोडमा राखिएको छ। सदर कोतवाली र नखासा क्षेत्रमा अतिरिक्त बल तैनात गरिएको छ। कुना-कुनामा पुलिस र पीएसीका जवान तैनात छन् र हरेक गतिविधिहरूमाथि नजर राखिँदैछ।

रमजान र होलीको चाँड़लाई शान्तिपूर्ण तरीकाले सम्पन्न गराउनुलाई लिएर बिहिवार क्षेत्राधिकारी अनुज जौधरीले बैठक गरे। उनले भनेका छन्, सालमा 52 पल्ट जुमा आउँछ तर होली एक दिन। यदि कसैलाई होलीको रंगसित समस्या छ भने उ घरबाट बाहिर ननिस्कोस्। घरभित्र नमाज पढ़ोस्। हिन्दू पक्षसित पनि भनिएको छ कि अनावश्यक कसैमाथि रंग नहालियोस्। पुलिसले कुनैपनि मूल्यमा कानूनको उल्लङ्घन हुन दिनछैन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande