नयाँ दिल्ली, 08 मार्च (हि.स.)। 09 मार्च 1934 मा जन्मेका सोवियत संघका अन्तरिक्ष यूरी गागरिन, 12 अप्रेल 1961 मा अन्तरिक्ष जाने प्रथम मानव बने। उनले Vostok 1 नामक अन्तरिक्ष यानमा आफ्न यात्रा गरेका थिए। यो अन्तरिक्षको लड़ाईमा अमेरिकामाथि सोवियत संघको जित थियो। यस सफलतापछि गागरिन अन्तरराष्ट्रिय हीरो बनिसकेका थिए। उनलाई धेरै प्रकारको पदक र उपाधीहरूले सम्मानित गरिएको थियो। त्यसमध्ये एक थियो- हीरो अफ द सोवियत यूनियन। यूरी गगारिन पदक उनको सम्मानमा प्रदान गरिन्छ। 27 मार्च 1968 मा मिग 15 नामक प्रशिक्षण विमान दुर्घटनाग्रस्त भयो, जसमा 34 वर्षको आय़ुमा उनको निधन भयो।
अन्य अहम घटनाहरूः
1822 - चार्ल्स एग ग्राहमले पहिलो पल्ट नक्कली दाँतहरूको पेटेन्ट गराएका थिए।
1916 – जर्मनीले पुर्तगाल विरूद्ध युद्धको घोषणा गरेको थियो।
1948 - एयर इण्डिया इन्टरनेशनलको स्थापना।
1959 – विश्वभरिमा नानीहरूको मनपर्ने बार्बी डललाई न्यूयार्कमा अमेरिकन टोय फेयरमा पहिलो पल्ट पेश गरियो।
1986 - सेटेलाइट आधारित पहिलो टेलीफोन सम्पर्क नेटवर्क औपचारिक रूपमा शुरू गरियो।
1999 - ब्रिटिश उद्योगपति स्वराज पाललाई सेन्ट्रल बर्मिघम विश्वविद्यालयद्वारा डाक्टरेटको मानद उपाधि प्रदान गरियो।
-फ़्रान्सिस्को फ़्लोरेस अल सल्वाडोर (द. अमेरिका) का राष्ट्रपति चुनिए।
2003 - पेरूका पूर्व राष्ट्रपति अलवर्टो फूजीमोरी विरूद्ध इन्टरपोलले गिरफ़्तारी वारन्ट जारी गऱ्यो।
2004 – पाकिस्तानले 2000 किमी. को मारक क्षमताको सतहसम्म मार गर्ने 'शाहीन-2' (हत्फ-6) प्रक्षेपास्त्रको सफल परीक्षण गऱ्यो।
2005 - थाक्सिन शिनवात्रा दोस्रो कार्यकालको निम्ति थाईल्याण्डको प्रधानमन्त्री निर्वाचित।
2007 – ब्रिटेनमा भारतीय डाक्टरहरूले भेदभावपूर्ण प्रवासी नियमहरूमा क़ानूनी सफलता पाए।
2008 - गोवाका राज्यपाल एस.सी.जमीरले महाराष्ट्रको राज्यपालको अतिरिक्त कार्यभार ग्रहण गरे।
-मलेशियामा भएको संसदीय चुनाउमा पूर्व प्रधानमन्त्री अब्दुल्ला अहमद बदावी पराजित।
2009 – तमिलनाडुले पश्चिम बंगाललाई 66 रनले पराजित गरी विजय हरारे ट्राफी जित्यो।
2018 - बिप्लब कुमार देबले भारतीय राज्य त्रिपुराको 10औं मुख्यमन्त्रीको रूपमा शपथ लिए।
2020 – भारतमा कोरोनाले संक्रमितहरूको संख्या 43 पुग्यो। विश्वभरिमा हाहाकार। विश्वभरिमा कोरोना भाइऱसले संक्रमितहरूको संख्या 110,0000 भन्दा धेरै।
जन्म
1915 - डा. नगेन्द्र- भारतका प्रसिद्ध हिन्दी साहित्यकार।
1930 - सोली जहांगीर सोराबजी- प्रख्यात भारतीय विधिवेत्ता र भारतका पूर्व महान्यायवादी हुन्।
1931 - कर्ण सिंह- भारतीय राजनेता र लेखक।
1934 - यूरी गागरीन- भूतपूर्व सोवियत संघका विमान चालक र अन्तरिक्षयात्री।
1938 - हरिकृष्ण देवसरे- प्रसिद्ध बाल साहित्यकार एवं सम्पादक।
1951 - उस्ताद ज़ाकिर हुसैन- मशहूर तबला वादक।
1956 - शशि थरूर- कांग्रेस सांसद एवं लेखक।
1985 - पार्थिव पटेल- भारतीय क्रिकेट खेलाड़ी।
1996 - दरशील सफ़ारी- भारतीय बाल कलाकार।
निधन
2023 - सतीश कौशिक – विख्यात अभिनेता, निर्माता, निर्देशक, कमेडियन र पटकथा लेखक थिए।
1941 - जर्ज अब्राहम ग्रियर्सन - प्रसिद्ध इतिहासकार, अंग्रेज़ी साहित्यकार तथा अन्वेषक।
1968 - हरिशंकर शर्मा - भारतका प्रसिद्ध साहित्यकार, कवि, लेखक, व्यंग्यकार र पत्रकार।
1969 - हारमसजी पेरोशा मोदी- टाटा समूह र भारतका एक प्रशासकको साथ जोड़िएका प्रख्यात पारसी व्यापारी थिए।
1971 - के आसिफ़- प्रसिद्ध फ़िल्म निर्माता-निर्देशक।
1994 - देविका रानी- भारतीय अभिनेत्री।
2012 - जोय मुखर्जी - हिन्दी फ़िल्महरूका विख्यात अभिनेता र निर्माता निर्देशक।
हिन्दुस्थान समाचार / भवानी थामी