चेन्नई, 08 मार्च (हि.स.)। आज विश्वभरी महिला दिवस मनाइँदैछ। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले नारी शक्तिलाई बधाई दिँदै आफ्नो सोशियल मिडिया अकाउन्टहरूको व्यवस्थापन गर्ने जिम्मेवारी परमाणु वैज्ञानिक एलिना मिश्रा र अन्तरिक्ष वैज्ञानिक शिल्पी सोनीलाई सुम्पेका छन्।
को हुन् एलिना मिश्रा र शिल्पी सोनी ?दुवै महिला वैज्ञानिकहरूले अन्तरिक्ष प्रविधि, आणविक प्रविधि र महिला सशक्तिकरणको सन्देश दिएका छन्। उनीहरूले खुशी व्यक्त गर्दै महिला दिवसमा प्रधानमन्त्रीको सोशियल मिडिया अकाउन्टहरूको व्यवस्थापन गरिरहेको बताएका छन्। उनीहरूले भने, भारतमा धेरैभन्दा धेरै महिलाहरू विज्ञानतर्फ आउनुपर्छ भन्ने हाम्रो माग छ। परमाणु प्रविधि जस्तो क्षेत्रले भारतमा महिलाहरूलाई यति धेरै अवसरहरू प्रदान गर्नेछ भन्ने कुरा अकल्पनीय छ। त्यसैगरी, अन्तरिक्ष क्षेत्रमा महिला र निजी क्षेत्रको बढ्दो सहभागिताले भारतलाई नवप्रवर्तन र विकासको लागि धेरै आकर्षक स्थान बनाएको छ। भारतीय महिलाहरूमा निश्चित रूपमा प्रतिभा छ र भारतसँग निश्चित रूपमा सही प्लेटफर्म छ।
हिन्दुस्थान समाचार / भवानी थामी