लखनऊ, 08 मार्च (हि.स.)। उत्तर प्रदेशको आतङ्कवाद निरोधक दस्ता (एटीएस) को सहारनपुरको टीमले मुरादाबाद पुलिसको सहयोगले 25 हजारको इनामी संदिग्ध आतङ्की उल्फत हुसैनलाई जम्मू-कश्मीरबाट पक्राउ गरेको छ। पक्रा पर्ने संदिग्ध आतङ्की हिजबुल मुजाहिद्दीन संगठऩसित जोड़िएको छ।
यस अगाड़ी मुरादाबादमा उसलाई एके-56 को साथ पक्राउ गरिएको थियो तर वर्ष 2007 मा जमानत पाएपछि भागेको थियो।
एटीएसले शनिवार विज्ञप्ती जारी गरी भनेको छ, संदिग्ध आतङ्की उल्फत हुसैन उर्फ मोहम्मद सैफुल इस्लाम उर्फ अफजाल उर्फ परवेज उर्फ हुसैन मलिक जम्मू-कश्मीरको पुन्छको ग्राम फजलाबादको निवासी हो। उल्फत हुसैनले वर्ष 1999 देखि 2000 सम्म पाक अधिकृत जम्मू कश्मीर पीओकेमा ट्रेनिङ प्राप्त गऱअयो। उ पाक अधिकृत जम्मू-कश्मीरबाट ट्रेनिङ गरेपछि मुरादाबाद आएको थियो र कुनै ठूलो घटनालाई परिणाम दिने प्रय़ासमा थियो।
एटीएसले जानकारी पाएको थियो कि मुरादाबाद जिल्लामा उल्फत हुसैन राष्ट्र विरोधी गतिविधिहरूमा संलिप्त रहेको छ। एटीएसले उसलाई 09 जुलाई 2001 मा मुरादाबादको कटघर थाना क्षेत्रबाट पक्राउ गरेको थियो। आतङ्कीदेखि एक एके-47 र एक एके-56, दुई पेस्तोल 30 बोर 12 ह्याण्ड ग्रेनेड र 39 टाइमर, 50 डेटोनेटर, 37 बेट्ररी, 29 किलो विस्फोटक पदार्थ, 560 जिउँदो कारतूसको साथ आठ म्याग्जीन जफत गरिएको थियो। यस मामिलामा उ वर्ष 2007 मा जमानतमा जेलबाट रिहा भएको थियो। त्यसपछि अदालतमा कुनैपनि मितिमा हाजिर भएन। अदालतले पुनः गिरफ्तारी वारन्ट जारी गऱ्यो तर उ पुलिसलाई छक्काएर भागेको थियो। तबदेखि उ फरार नै थियो। आतङ्कीमाथि 25 हजार रूपियाँको पुरस्कार घोषित थियो।
हिन्दुस्थान समाचार / भवानी थामी