नयाँ दिल्ली, 08 मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा गुजरातको नवसारी जिल्लामा आय़ोजित लखपति दिदी सम्मेलनमा म विश्वको सबैभन्दा धनवान व्यक्ति हुँ किनभने मसित करोड़ौं आमा र बहिनीहरूको आशीर्वाद छ भनेका छन्।
प्रधानमन्त्रीले भनेका छन्, आजको दिन म गर्वको साथ भन्न सक्छु कि म विश्वको सबैभऩ्दा धनवान व्यक्ति हुँ। जब मैले म विश्वको सबैभऩ्दा धनवान व्यक्ति हुँ भन्छु तब धेरैको कान खड़ा हुन्छ। आज पूरा ट्रोल सेना मैदानमा उत्रिनेछ तर म फेरिपनि दोहोराउँछु कि म विश्वको सबैभऩ्दा धनवान व्यक्ति हुँ। मेरो जिन्दगीको अकाउन्टमा करोड़ौं आमा, बहिनी-छोरीहरूको आशीर्वाद छ र यो आशीर्वाद निरन्तर बढ्दै गइऱहेको छ यसैले म भन्छु कि म विश्वको सबैभऩ्दा धनवान व्यक्ति हुँ।
उनले भने, महाकुम्भमा माँ गंगाको आशीर्वाद पाइय़ो र आज मातृशक्तिको यस महाकुम्भमा तपाई सबै आमा-बहिनीहरूको आशीर्वाद पाइयो। आज महिला दिवसको यो दिन, गुजरातको मेरो मातृभूमि र यति भारी संख्यामा आमा, बहिनी-छोरीहरूको यो उपस्थिति, यस विशेष दिन तपाईको यो माया, स्नेह र आशीर्वादको निम्ति म मातृशक्तिलाई शिर निहुराएर नमन गर्दछु। गुजरातको यस धरतीबाट म सबै देशवासीहरूलाई, देशका सबै आमा-बहिनीहरूलाई महिला दिवसको शुभकामना पनि दिन्छु।
उनले भने, तीन तलाक मामिलामा मुस्लिम महिलाहरूले आफ्नो सुरक्षाको निम्ति कानूनको माग गरिरहेका थिए। मुस्लिम महिला (विवाह अधिकार संरक्षण) अधिनियम, 2019 को माध्यमले हामीले उनीहरूको जिन्दगी बर्बाद हुनदेखि बचाएका छौं। जब कश्मीरमा अनुच्छेद 370 लागू थियो तब उनीहरूलाई धेरै अधिकार दिइन्थेन। यदि उनीहरूले राज्यबाहिर बिहे गर्थे, तब उनीहरूको सम्पत्तिको अधिकार खोसिन्थ्यो। अनुच्छेद 370 समाप्त भएपछि अब उनीहरूले देशको हरेक महिला सरह समान अधिकार पाइरहेका छन्।
उनले भने, महिलाहरूका लागि शौचालय (इज्जत घर) उपलब्ध गराएर हामीले उनीहरूलाई सम्मान दिएका छौं। हामीले उनीहरूको ब्याङ्क खाता खोलेर उनीहरूलाई सशक्त बनाएका छौं। उज्जवला योजनाको माध्यमले हामीले उनीहरूलाई स्वास्थ्य लाभ पुऱ्याएका छौं। पहिले कामकाजी महिलाहरूलाई केवल 12 हप्ताको मातृत्व अवकाश प्राप्त हुन्थ्यो तर हामीले यसलाई बढ़ाएर 26 हप्ता गरेका छौं।
हिन्दुस्थान समाचार / भवानी थामी