स्वावलम्बी, स्वाभिमानी, स्वतन्त्र र सशक्त नारीको बलमै विकसित भारतको निर्माण सम्भवः राष्ट्रपति
राष्ट्र


नयाँ दिल्ली, 08 मार्च (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मूले शनिवार अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा स्वावलम्बी, स्वाभिमानी, स्वतन्त्र र सशक्त नारीको बुतामै विकसित भारतको निर्माण गर्न सकिने भनेकी छन्। उनले यसको निम्ति पुरूषहरूसित महिलाहरूलाई सहयोग गर्ने अपील गरेकी छन्।

राष्ट्रपति नयाँ दिल्लीको विज्ञान भवनमा केन्द्रिय महिला एवं बाल विकास मन्त्रालयद्वारा आयोजित ‘नारी नेतृत्वबाट विकसित भारत’ विषयमाथि राष्ट्रिय सम्मेलनलाई सम्बोधित गरिरहेकी थिइन्। राष्ट्रपतिले देशवासीहरूलाई अन्तरराष्ट्रिय महिला दिवसको बधाई दिँदै भनिन्, यो दिन महिलाहरूको उपलब्धीहरूको सम्मान गर्ने, उनीहरूको अधिकारहरूप्रति जागरूकता बढ़ाउने तथा लैंगिक समानतालाई प्रोत्साहन दिनका लागि आफूलाई समर्पित गर्ने अवसर हो। विकसित भारतको संकल्प हामी सबैको संकल्प हो, जसलाई हामी सबैले मिलेर पूरा गर्नुपर्नेछ। यसैले पुरूषले महिलाहरूलाई सबल, सशक्त र आत्मनिर्भर बनाउनमा हरेक कदममा सहयोग पुऱ्याउनुपर्छ। महिलाहरू पूरा आत्मविश्वास, लगन एवं मेहनतको साथ आफ्नो जीवनमा अगाड़ी बढ्नुपर्छ र देश एवं समाजको विकासमा आफ्नो योगदान दिनुपर्छ।

उनले भनिन्, आज हामी अन्तरराष्ट्रिय महिला दिवको 50 साल पूरा भएको खुशियाली मनाइरहेका छौं। यस अवधि महिला समुदायले अभूतपूर्व प्रगतिको गरेकोमा दुई मत छैन। म आफ्नो जीवन यात्रालाई यस प्रगतिको एक हिस्सा ठान्छु। ओडिशाको एक साधारण परिवार र पछौटे क्षेत्रमा जन्म लिनदेखि लिएर राष्ट्रपति भवनसम्मको मेरो यात्रा भारतीय समाजमा महिलाहरूका लागि समान अवसरहरू र सामाजिक न्यायको कथा हो। उनले विश्वास व्यक्त गरिन् कि महिलाहरूको सफलताको उदाहरण अघि पनि बढ़िरहोस्।

उनले भनिन्, विकसित भारतको सपनालाई साकार गर्नलाई लिएर केटीहरूले अगाड़ी बढ्नका लागि राम्रो माहोल पाउनु जरुरी छ। उनीहरूले यस्तो माहोल पाउनुपर्छ जहाँ उनीहरूले कसैको दबाउबिना या डरको आफ्नो जीवनको स्वतन्त्र निर्णय लिन सकुन्। हामीले यस्तो आदर्श समाज बनाउनुछ, जहाँ कुनैपनि छोरी वा बहिनी नडराई एक्लै कतैपनि जान वा बस्न सकुन्। महिलाहरूप्रति सम्मानको भावनाले नै भयमुक्त सामाजिक माहोल बनाउनेछ। यस्तो माहोलमा केटीहरूले जुन आत्मविश्वास पाउनेछन्, त्यसले हाम्रो देशलाई नयाँ शिखरहरूसम्म लिएर जानेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande