जम्मू, 08 मार्च (हि.स.)। जम्मू कश्मीरका जनताका लागि खुसीको खबर छ। विशेष गरी सरकारी अधिकारीहरू र व्यवसायीहरूका लागि यो समाचार धेरै लाभदायक र समय बचत गर्ने खालको छ। नागरिक उड्डयन प्राधिकरणले जम्मूबाट श्रीनगरको दैनिक बिहानको उडान शुरू गरेपछि यो सम्भव हुनेछ। नागरिक उड्डयन अधिकारीहरूले यसलाई अनुमोदन गरेका छन्। अब 1 अप्रेलदेखि जम्मूबाट कश्मीरको लागि नियमित उडानहरू हरेक बिहान शुरू हुनेछ।
यो जानकारी केन्द्रिय अन्तरिक्ष विभाग राज्यमन्त्री तथा उधमपुरका सांसद डा. जितेन्द्र सिंहले दिएका हुन्। केन्द्रिय मन्त्री डा. सिंहले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी गराएका छन्, जम्मूबाट श्रीनगर बिहानको हवाई उडान नभएको सामान्य गुनासो रहेको छ। यसले गर्दा ती मानिसहरूलाई एकै दिनमा फर्कन गाह्रो हुन्छ। यसमा सरकारी अधिकारी र व्यवसायीहरूले धेरै समस्याहरूको सामना गर्नु परिरहेको छ। उनीहरू एकै दिनमा आवागमन गर्नु समस्या भइरहेको छ।
यस सम्बन्धमा नागरिक उड्डयन अधिकारीहरूलाई एउटा प्रस्ताव दिइएको उनले बताए। यस गुनासोलाई ध्यानमा राख्दै नागरिक उड्डयन अधिकारीहरूले आगामी 01 अप्रेल, 2025 देखि बिहान 10 बजी जम्मूबाट श्रीनगरको लागि नियमित दैनिक हवाई उडान शुरू गर्न सहमत भएको उनले बताएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी