मणिपुरमा दुई वर्षपछि सरकारी बस सेवाहरू फेरि शुरू
बस


इम्फाल, 08 मार्च (हि.स.)। मणिपुरमा लगभग दुई वर्षपछि शनिवारदेखि प्रमुख मार्गहरूमा सरकारी बस सेवाहरू पुनः शुरू भएको छ। इम्फालदेखि सेनापति जिल्लाको निम्ति कांगपोकपी हुँदै र इम्फालदेखि चुराचांदपुर जिल्लाको निम्ति बिश्नुपुर भएर बसहरू कुदे। बिहान 9 बजी इम्फाल एयरपोर्टबाट बसहरू कुदे। यसका साथै पूरा राज्यमा मानिसहरूको मुक्त आवाजाही पनि बहाल गरियो। यो निर्णय केन्द्रिय गृहमन्त्री अमित शाहको निर्देशपछि लिइएको हो।

मुख्य सचिव पीके सिंहले शनिवार जारी एक बयानमा भनेका छन्, यी बसहरू केन्द्रिय सशस्त्र पुलिस बल (सीएपीएफ) को सुरक्षामा संचालित हुन्छ। उनले यसलाई जनताको असुविधा मेटाउने र राज्यमा सामान्य स्थिति बहाल गर्ने दिशामा एक कदम बताए। उनले स्पष्ट गरे कि बस सेवाहरूमा बाधा पुऱ्याउनेहरू विरूद्ध सख्त कानूनी कारबाही गरिनेछ।

बस सेवाहरू इम्फाल-कांगपोकपी-सेनापति, सेनापति-कांगपोकपी-इम्फाल, इम्फाल-बिश्नुपुर-चुराचांदपुर तथा चुराचांदपुर-बिश्नुपुर-इम्फाल रूटको निम्ति चलिरहेको छ। यस बाहेक राज्यमा हेलीकप्टर सेवाहरू 12 मार्चदेखि शुरू हुनेछ। हेलीकप्टर सेवाको बुधवार इम्फाल-चुराचांदपुर (बिहान 11:20 देखि दिउँसो 3:50) तथा शनिवार इम्फाल-चुराचांदपुर, इम्फाल-उखरुल (बिहान 10:00 देखि दिउँसो 3:00) को निम्ति उपयोग गर्नसकिन्छ।

उल्लेख्य, गत वर्ष दिसम्बर महिनामा इम्फालदेखि कांगपोकपी र चुराचांदपुरको निम्ति बस सेवाहरू शुरू गर्ने प्रय़ास गरिएको थियो तर इम्फालको मोइरंगखोममा एएसटी स्टेशनमा कुनै यात्री आएको थिएन, जसबाट योजना असफल भएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande