नयाँ दिल्ली, 09 मार्च (हि.स.)। 10 मार्च 1985 मा सुनील गावस्करको अगुवाईमा भारतले अस्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउण्डमा दूधिया प्रकाशमा खेलिएको फाइनल म्याचमा पाकिस्तानलाई 8 विकेटले पराजित गरेर बेन्सन एण्ड हेजेज टूर्नामेन्ट जितेको थियो। रवि शास्त्रीलाई यस टूर्नामेन्टमा च्याम्पियन अफ च्याम्पियन्सको खिताब र पुरस्कारको रूपमा अडी कार दिइएको थियो। जित र पुरस्कारको खुशीले गदगद पूरा भारतीय टीमले यस कारमा सवार भएर पूरा मैदानको चक्कर लगाएको थियो। यो गावस्करको कप्तानीमा अन्तिम टूर्नामेन्ट थियो।
अन्य अहम घटनाहरूः
1801- ब्रिटेनमा भयो पहिलो जगणना।
1876 - ग्राहम वेलले पहिलो पल्ट टेलिफोनमा आफ्नो साथीसित कुरा गरे। उने आफ्नो साथीलाई भने, मेरो आवाज सुन, म एलेक्जेन्डर ग्राहम बेल।
1922 - महात्मा गान्धीलाई पक्राउ गरियो, राजद्रोहको आरोप, छह वर्षको क़ैद, तर दुई वर्षपछि रिहा गरिए।
1998 – इण्डोनेशियाका राष्ट्रपति सुहार्तो लगातार सातौं पल्ट राष्ट्रपति पदमा निर्वाचित।
2002 - फ़िलिस्तीनका राष्ट्रपति यासर अराफातको आवाजाहीमा लागेको प्रतिबन्ध हट्यो, पाकिस्तानले दक्षेस गृह मन्त्रीहरूको सम्मेलनको प्रस्ताव राख्यो।
2003 - उत्तर कोरियाले क्रूज मिसाइलको परीक्षण गऱ्यो।
-संयुक्त राष्ट्र महासचिव कोफी अन्नानले सुरक्षा परिषद्का सदस्यहरूसित इराकको निरस्त्रीकरणबारे आफ्नो मतभेदहरूलाई समाप्त गर्ने औं कुनै आम विचार कायम गर्ने आग्रह गरे।
2006 - पाकिस्तानको क्वेटा शहरमा बारूदी सुरंग विस्फोटमा 26 जना मारिए।
2007 - यूक्रेनको वैसिलीइवानचुकलाई पराजित गरी विश्वनाथन आनन्द शतरंजमा प्रथम स्थानमा पुगे।
2008 - माणिक सरकारको अगुवाईमा त्रिपुरामा पुन: लेफ़्ट फ़्रन्टले सत्ता सम्हाल्यो।
-वरिष्ठ काँग्रेस नेता डीडी लपांगले मेघालयको मुख्यमन्त्री पदको शपथ लिए।
-मलेशियाका अब्दुल्ला बदावी देशका पुन: प्रधानमन्त्री बने।
2010 - भारतीय संसदको माथिल्लो सदन राज्यसभामा महिला आरक्षण विधेयक पारित भयो।
2017- दक्षिण कोरियाकी राष्ट्रपति पार्क ग्यून-हायलाई संवैधानिक कोर्टले पदबाट हटायो।
2018 – श्रीलंकामा साम्प्रदायिक दंगहरूमा अहेसम्म दुई जनाको मृत्यु, 10 घाइते।
जन्म
1996 - प्रियंका गोस्वामी - भारतीय महिला एथलीट (रेस वकर)।
1981 - वाजिद ख़ान - भारतका प्रसिद्ध चित्रकार एवं अन्तरराष्ट्रिय ख्याति प्राप्त आयरन नेल आर्टिस्ट, पेटेन्ट धारक तथा आविष्कारक।
1970 - उमर अब्दुल्ला - जम्मू एवं कश्मीरका मुख्यमन्त्री र 'अब्दुल्ला परिवार' का वंशज हुन्।
1932 - उडुपी रामचन्द्र राव - भारतका अन्तरिक्ष वैज्ञानिक र 'इसरो' का भूतपूर्व अध्यक्ष थिए।
1934 - लल्लन प्रसाद व्यास- भारतका विख्यात समाज सुधारक थिए।
1945 - माधवराव सिन्धिया - प्रसिद्ध कांग्रेसी नेता।
निधन
2018 - सुरुज बाई खान्डे - छत्तीसगढ़की प्रसिद्ध भरतरी गायिका थिइन्।
1999 - विष्णु वामन शिरवाडकर कुसुमाग्रज - मराठी कवि, नाटककार, उपन्यासकार र लघु कथाकार थिए।
1990 - दरबारा सिंह - पञ्जाबका भूतपूर्व मुख्यमन्त्री थिए।
1959 - मुकुन्द रामाराव जयकर - प्रसिद्ध शिक्षाशास्त्री, समाजसेवक, न्यायाधीश, विधि विशारद तथा संविधानशास्त्रज्ञ थिए।
1915 - गबर सिंह नेगी - प्रथम विश्वयुद्धमा मरणोपरान्त 'विक्टोरिया क्रास' पाउने भारतीय सैनिक थिए।
1897 - सावित्रीबाई फुले – भारतकी प्रथम बालिका विद्यालयको पहिलो प्रिन्सिपल र पहिलो किसान स्कूलको संस्थापक।
हिन्दुस्थान समाचार / भवानी थामी