विद्वतजनहरूको पोषणले भाषाको अस्तित्व र निरन्तरता गौरवशाली बन्छ- शाह
सस्तु


अहमदाबाद, 09 मार्च (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहले आइतवार ‘सस्तु साहित्य मुद्रणाल्य ट्रस्ट’ को पुनः प्रकाशित 24 पुस्तकहरूको विमोचन गरे। 115 वर्षदेखि गुजरातीहरूलाई कम दरहरूमा राम्रो साहित्य प्रदान गर्ने सस्तु साहित्य मुद्रणालय ट्रस्टको अहमदाबादमा आयोजित कार्यक्रम ‘अखण्ड आनन्दोत्सव’ मा मुख्यमन्त्री भूपेन्द्र पटेल विशेष रूपमा उपस्थित रहे।

यस अवसरमा सस्तु साहित्य मुद्रणालय ट्रस्टका अध्यक्ष र केन्द्रिय गृह मन्त्री शाहले भने, कुनैपनि भाषाको अस्तित्व र निरन्तरा तब गौरवशाली रहन्छ जब उसलाई अगाड़ी बढ़ाउन र पोषित गर्नका लागि विद्वतजन अगाड़ी आउछन्। गोवर्धनराम त्रिपाठी, नर्मद, महात्मा गान्धी, काकासाहब कालेलकर, नरसिंह मेहता र सुन्दरम् जस्ता अनेक गुजराती साहित्यकारहरूको साहित्य विरासतलाई संरक्षित र संवर्धित गर्नु गुजराती भाषाका विद्वानहरू, प्रशंसकहरू र भाषाविदहरूको दायित्व हो। गुजरातमा पठन गतिविधिहरूलाई गति दिनका लागि तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीले ‘वांचे गुजरात’ अभियान चलाएका थिए। मुख्यमन्त्री भूपेन्द्र पटेलले जिल्लाहरू र तहसीलहरूमा पुस्तकालयहरूको निम्ति ठूलो रकमको आवंटन गरेको छ, जुन प्रशंसनीय हो। विद्वान लेखकहरूलाई साहित्यमा सत्व अर्थात् सद्गुणहरूलाई जोड्ने तथा पठनलाई अझ् अधिक रोचक बनाउने काम गर्नुपर्छ।

केन्द्रिय मन्त्री शाहले भने, केवल पठनले नै विचारहरूलाई शिखरमा लैजाने र विचारहरूलाई सद्मार्गको दिशामा लैजाने काम गर्नसक्छ। देशको भविष्य निर्धारित गर्नमा स्कूलहरूमा छात्रहरूको संख्याको तुलनामा पुस्तकालयमा उपस्थित मानिसहरूको संख्याको धेरै महत्व छ। यदि नानी वा विद्यार्थीहरूमा सानैदेखि पढ्ने बानी बसे र इन्टरनेटको आकर्षणहरूबीच पनि पढ्ने बानी बनिरह्यो भने त्यो नानी जीवनमा आइलाग्ने कुनैपनि कठिन परिस्थिति वा बाधाहरूबीच पनि खड़ा रहनसक्छ।

भिक्षु अखन्डानन्दद्वारा शुरू गरिएको कम दरहरूमा साहित्य निर्माण र वितरणको वर्षौं पुरानो परम्पराको उल्लेख गर्दै शाहले भने, भिक्षु अखण्डानन्दले पठनको मूल्यलाई बुझे औं यसलाई सस्तो अर्थात् किफायती बनाए। व्यक्तिहरूलाई अगाड़ी लैजान र ज्ञानको वृद्धि गर्नमा उपयोगी यी पुस्तकहरू-साहित्यलाई कम दरहरूमा मानिसहरूसम्म पुऱ्याए। पुनःप्रकाशित गरिएका 24 पुस्तकमध्ये अधिकतर पुस्तकहरूको अनेक संस्करण जारी भइसकेको छ, जसले यी पुस्तकहरूको सफलतालाई दर्शाउँछ। उनले भिक्षु अखण्डानन्दको औषधि निर्माण, सामयिक प्रकाशन र सस्तो साहित्य प्रकाशन जस्ता अनेक गतिविधिहरूको स्मरण गर्दै भिक्षु अखण्डानन्दलाई शाब्दिक श्रद्धाञ्जलि अर्पित गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande