भारतीय सेनाको टुक्री 'खंजर' अभ्यासमा हिस्सा लिन किर्गिस्तान प्रस्थान
भारतीय सेनाको टुक्री 'खंजर' अभ्यासमा हिस्सा लिन किर्गिस्तान प्रस्थान


नयाँ दिल्ली, 09 मार्च (हि.स.)। भारतीय सेनाको टुक्री संयुक्त विशेष बल अभ्यास 'खंजर' मा सामेल हुन आइतवार किर्गिस्तान प्रस्थान भएको छ। अभ्यास खंजरको 12औं संस्करण 10 मार्चदेखि 23 मार्चसम्म किर्गिस्तानमा हुनेछ। यस अभ्यासको शुरूआत 2011 मा भएको थियो। भारत र किर्गिस्तानबीच हरेक साल हुने यो अभ्यासले दुवै देशका रणनीतिक सम्बन्धहरूको अऩौठो आय़ामलाई दर्शाउँछ। पछिल्लो अभ्यास जनवरी 2024 मा भारतमा गरिएको थियो।

रक्षा मन्त्रालय अनुसार, भारतीय टुक्रीको प्रतिनिधित्व पैराशूट रेजिमेन्ट (विशेष बल) को सैनिक तथा किर्गिस्तान दलको प्रतिनिधित्व किर्गिज स्कर्पियन ब्रिगेडले गर्नेछ। यस अभ्यासको उद्देश्य शहरी र पहाड़ी क्षेत्रहरूमा आतङ्कवाद विरोधी र विशेष बलहरूका अभियानहरूमा अनुभवहरू र सर्वोत्तम तरीकाहरूको आदान-प्रदान गर्नु हो। यस अभ्यासमा स्नाइपिंग, कठिन बिल्डिंग इन्टरवेन्शन र माउन्टेन क्राफ्टको उन्नत विशेष बल कौशल विकसित गर्नमाथि पनि ध्यान केन्द्रित गरिनेछ।

कठोर प्रशिक्षण बाहेक यस अभ्यासमा जीवन्त सांस्कृतिक आदान-प्रदान पनि सामेल हुनेछ। यसमा किर्गिज चाँड़ नौरोजको उत्सव मनाउनु पनि सामेल छ। यो आदान-प्रदान दुवै देशहरूबीच मित्रताको बन्धनलाई अझ् बलियो बनाउनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande