मणिपुरको कांगपोकपीमा तनाव कायम, स्थिति नियन्त्रणमा
मणिपुरको कांगपोकपीमा तनाव कायम, स्थिति नियन्त्रणमा


इम्फाल, 09 मार्च (हि.स.)। मणिपुरको कांगपोकपी जिल्लामा तनावपूर्ण माहोल छ, यद्यपि, स्थिति नियन्त्रणमा छ। कूकी-जो संग्ठनहरूले सुरक्षाबलहरूको कारबाहीको विरोधमा आइतवार अनिश्चितकालीन बन्दको आह्वान गरेका छन्, जसबाट समुदाय-बहुल क्षेत्रहरूमा जनजीवन प्रभावित भएको छ।

राष्ट्रिय राजमार्ग संख्या-2 (इम्फाल-डिमापुर मार्ग) सहित जिल्लाका संवेदनशील क्षेत्रहरूमा अतिरिक्त सुरक्षा बलहरूलाई तैनात गरिएको छ। कानून-व्यवस्था बनाई राख्नका लागि सुरक्षा एजेन्सीहरूले लगातार पेट्रोलिङ गरिरहेका छन्।

उल्लेख्य, शनिवार हिंसक प्रदर्शनमा एक व्यक्तिको मृत्यु भयो, जबकि 40 भन्दा धेरै मानिस घाइते भए, जसमा महिलाहरू र पुलिसकर्मी पनि सामेल छन्। पुलिस अनुसार, यो झड़प तब भयो जब प्रदर्शनकारीहरूद्वारा केन्द्रिय गृहमन्त्री अमित शाहको मणिपुरमा स्वतन्त्र आवागमन को निर्देशमा मुक्त आवाजाही शुरू भयो, तब कुदिरहेका स्टेट बसहरू तथा सुरक्षाबलहरूमाथि ढुंगामुड़ा गरियो, जसबाट सुरक्षाकर्मीहरू समेत धेरै जना घाइते भए। प्रदर्शनकारीहरूले राष्ट्रिय राजमार्गमा आगो सल्काएर बाटोलाई अवरूद्ध गरे। यसमा पुलिसलाई बाध्य भएर अश्रू ग्यासको गोला छोड्नुपऱ्यो।

जानकारी अनुसार, रातिसम्म जारी यस झड़पमा प्रदर्शनकारीहरूले ग्याटिस र ढुंगाले हमला गरे, जसबाट सुरक्षाबलहरूको पाँच वाहनको ऐना फुट्यो। कूकी-जो काउन्सिल (केजेडसी) द्वारा बोलाइएको यस बन्दलाई इन्डिजिनस ट्राइबल लीडर्स फोरम (आईटीएलएफ) को समर्थन प्राप्त छ। संगठनले सबै कूकी-जो समुदायका मानिसहरूसित यस बन्दमा सामेल हुने अपील गरेको छ।

मणिपुर पुलिस अनुसार, प्रदर्शनकारीहरूले सड़कहरूमा ठूला-ठूला ढुंगा राखेर अवरोध उत्पन्न गरे, टायर जलाएर र रूख ढालेर बन्द गऱे। प्रदर्शनकारीहरूको तर्फबाट सुरक्षा बलहरूमाथि गोलीबारी गरियो, जसको जवाफमा सुरक्षाबलहरूले पनि जवाबी कारबाही गरे। हिंसामा 27 सुरक्षाकर्मी घाइते भए, जसमध्ये दुई जनाको स्थिति गम्भीर गराइएको छ। कांगपोकपी-सेनापति मार्गमा मणिपुर राज्य परिवहनको एक बसमाथि ढुंगामुड़ा गर्दा स्थिति बिग्रिनु शुरू भयो। स्थितिलाई नियन्त्रण गर्न सुरक्षाबलहरूलाई अश्रू ग्यास र हल्का बलको प्रयोग गर्नुपऱ्यो।

यस प्रदर्शनको कारण फेडरेशन अफ सिविल सोसायटी (एफओसीएस) को शान्ति ऱ्यालीलाई पनि मानिँदैछ। शान्ति ऱ्यालीमा सामेल 10 भन्दा धेरै वाहनहरूको यो लश्कर कांगपोकपीतिर बढ़िरहेको थियो तर सुरक्षा कारणहरूले यसलाई सेकमाईमा रोकियो। पुलिसको भऩाई छ, यस जुलूसको निम्ति आवश्यक अनुमति लिइएको थिएन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande